Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

गोरखामा एक महिलाको शव फेला


7.2K
Shares

गोरखामा एक महिलाको शव फेला

गोरखा, ६ फागुन । गोरखाको मर्स्याङ्दी नदी किनारमा १ जना महिलाको शव फेला परेको छ । फेला परेकी महिला लमजुङ राईनास नगरपालिका–८ की ५५ बर्षिया लिला सुनार भएको पुष्टी भएको छ ।

जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी रमेशकुमार श्रेष्ठका अनुसार लिलाको मृत्त शरिर शनिबार पालुङटार नगरपालिका–७ को सतिघाटमा फेला परेको हो ।

लामो समयदेखी माईतीमा बस्दै आएकी ति महिला माघ २५ गते बिहीबारदेखी बेपत्ता भएकी माईती पक्षले जानकारी दिएको भन्दै सूचना अधिकारी श्रेष्ठले बताउनुभयो ।

प्राप्त शव हिजो नै गोरखा अस्पतालको शव गृहमा राखिएको छ । उनको आज पोष्टमार्टम लगत्तै माईती पक्षलाई शव बुझाईने प्रहरीले जानकारी दिएको छ ।लिलाको माईती पक्षले शव पहिचान गरेर आइतबार जिल्ला प्रहरी कार्यालमा जाहेरी दिएको पनि प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology