Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

गोरखामा प्रजातन्त्र दिवस तीन दिनसम्म बिभिन्न कार्यक्रम गरी मनाइने


1.8K
Shares

गोरखामा प्रजातन्त्र दिवस तीन दिनसम्म बिभिन्न कार्यक्रम गरी मनाइने

गोरखा,४ फागुन । गोरखामा प्रजातन्त्र दिवस तीन दिनसम्म बिभिन्न कार्यक्रमका साथ मनाइने भएको छ । फागुन ७ गते दिवसको अवसरमा फागुन ६ गते दिवसको पूर्वसन्ध्यामा रानीपोखरी र गोरखा दरवार सरसफाई गर्ने कार्यक्रम रहेको जिल्ला समन्वय समिति गोरखाले जनाएको छ ।

सरसफाई कार्यक्रममा सम्पूर्ण सरकारी निकाय, सुरक्षाकर्मीहरु, राजनीतिज्ञ, पत्रकार, नागरिक समाज लगायतको सहभागिता रहने व्यवस्था मिलाइएको जिल्ला समन्वय समिति गोरखाका प्रमुख मोहनबहादुर थापामगरले जानकारी दिनुभयो ।

त्यस्तै फागुन ७ गते प्रभात फेरि कार्यक्रमको आयोजना गरिएको उहाँले बताउनुभयो । प्रभातफेरि जिल्ला समन्वय समिति गोरखाको प्राङगढबाट सुरु भएर नयाँ बसपार्क ठूलो आँगन, हस्पिटल चोक, हरमटारी चोक हुँदै पुनः जिसस गोरखाको प्राङगढमा आएर समापन हुनेछ ।

त्यस्तै फागुन ८ गते प्रजातन्त्र र त्यसमा आम नागरिकहरुको भूमिका बिषयक अन्तरक्रिया कार्यक्रम जिल्ला समन्व्य समितिको सभाहलमा आयोजना गर्ने निर्णय भएको उहाँले प्रमुख थापामगरले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology