गोरखा, २९ माघ । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले ‘जनयुद्ध दिवस’ को अवसरमा फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेका छ । बारपाक सुलिकोट गाउँपालिकाको आज बसेको कार्यपालिकाको बैठकले जनयुद्ध दिवसको उपलक्ष्यमा फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष बिष्णु प्रसाद भट्टले जानकारी दिनुभयो ।
बैठकको निर्णयपछि एक सूचना जारी गरी गाउँपालिकाले सार्वजनिक विदाको घोषणा गरेको छ । विदाका दिन गाउँपालिका कार्यालय, मातहतका कार्यालय, सम्पूर्ण विद्यालय र पालिका भित्र सञ्चालित सम्पूर्ण बैंक तथा वित्तीय संस्था बन्द रहने जारी सूचनामा उल्लेख छ ।
जनयुद्ध दिवसको दिन साँझ दिप प्रज्जलन गरी कार्यक्रम मनाउने निर्णय गरेको गाउँपालिकाले जनाएको छ ।