Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

छोरा–छोरीको हत्यापछि रविना घरको तेस्रो तलाबाट हाम फालेको निष्कर्षमा प्रहरी


1.9K
Shares

छोरा–छोरीको हत्यापछि रविना घरको तेस्रो तलाबाट हाम फालेको निष्कर्षमा प्रहरी

काठमाडौँ, २८ माघ । ललितपुरको महालक्ष्मी नगरपालिका–३ इमाडोलस्थित ओचुहाइटमा शनिवार रविना महर्जन घरको तेस्रो तलाबाट हाम फालिन् । प्रहरीले उनको उद्धार गरेर घरभित्र जाँदा दुई जना बच्चाबच्ची पनि अचेत अवस्थामा भेटिए । तीनै जनालाई ग्वार्कोस्थित किष्ट अस्पताल लगिएपनि चिकित्सकहरूले मृत घोषणा गरे ।

रविनाले हाम फालेर आत्महत्याको बाटो रोजेको घर उनको आफ्नै हो । ३६ वर्षीया रविनाले दुई जना नाबालकको हत्या गरेर आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरूका अनुसार उनका ६ वर्षीय छोरा अश्वेत र दुई वर्षीया छोरी रिवा छुट्टाछुट्टै कोठामा अचेत अवस्थामा भेटिएका हुन् ।

रविनाले बच्चाहरूको हत्या गरेर आत्महत्या रोजेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी एसपी नवराज कार्कीले बताउनुभयो । कार्कीले भन्नुभयो, ‘हत्यापछि आत्महत्या गरेको हुनसक्छ तर, पोस्टमार्टम रिपोर्ट आएपछि यकिन कारण थाहा हुन्छ ।’

आमा र छोराछोरीको शव पाटन अस्पतालमा पोस्टमार्टम हुँदै छ । पोस्टमार्टममा संलग्न चिकित्सकहरूले अनुसन्धान अधिकृतहरूलाई ‘श्वास बन्द भएर’ दुई नाबालकको मृत्यु भएको जानकारी दिएका छन् । तर, पूर्ण रिपोर्ट आएको छैन ।

नाबालकहरूको मुखमा केही खाएको जस्तोपनि देखिएको छ । त्यसबारे पोस्टमार्टम रिपोर्ट कुरिरहेको एसपी कार्कीले बताउनुभयो । घटना हुँदा घरमा रविनाको सासू मात्रै थिइन् । उनी शारीरिक रूपमा अशक्त छिन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology