Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

खाडीबाट आएका एक जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि, नेपालमा संक्रमित ३ जना पुग्यो


3.2K
Shares

खाडीबाट आएका एक जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि, नेपालमा संक्रमित ३ जना पुग्यो

काठमाडौँ, १२ चैत । नेपालमा थप एकजनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयले बुधबार कोरोनाको नयाँ संक्रमित भेटिएको पुष्टि गरेको हो ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता सागर दाहालले तेस्रो संक्रमित फेला परेको पुष्टि गरे ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या तीन पुगेको छ। यी मध्ये एकजना उपचारपछि निकाे भइसकेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य आपतकालीन परिचालन केन्द्रका सह–प्रवक्ता सागर दाहालले कोरोनाको तेस्रो संक्रमित भेटिएको पुष्टि गरेका छन्। अहिले मन्त्रालयमा त्यसबारे बैठक बसिरहेको उनले जानकारी दिए ।

काठमाडाै‌ंकाे टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ती बिरामी भर्ना गरी उपचार जारी छ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology