Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

सिरानचोक गाउँपालिकाका सहकारीका सञ्चालक र व्यवस्थापकलाई तालिम


2.5K
Shares

सिरानचोक गाउँपालिकाका सहकारीका सञ्चालक र व्यवस्थापकलाई तालिम

धनबहादुर तामाङ

गोरखा २७ माघ ।  सिरानचोक गाउँपालिकाले पालिका भित्रका रहेका सहकारी सञ्चालक र ब्यवस्थाकहरुलाई तीनदिने तालिम प्रदान गरेको छ । सिरानचोक गाउँपालिका ५ स्थित चित्रेपोखरीको आमा समुहको भवनमा तालिम शनिवार सम्पन्न भएको हो ।

तालिमको समापन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै गाउँपालिकम अध्यक्ष ज्ञानेन्द्र गुरुङले सहकारी र गाउँपालिका बिचको सम्बन्धले गाउँपालिकाको आर्थिक सम्बृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सकिने बताउनुभयो । उहाँले गाउन्पालिकाको विकासमा सहकारी क्षेत्रको भुमिका हुने उल्लेख गर्नुभयो ।

अध्यक्ष गुरुङले सहकारीको ब्यवस्थापन गर्ने कुरा आफैमा चुनौतीपूर्ण रहेको भन्दै सहकारी क्षेत्रले त्यस्ता समस्याहरुको पहिचान गरी काम गर्नसक्नुपर्ने बताउनुभयो । उहाँले स्थानीय सरकार संग पर्याप्त श्रोत साधन नहँुदा नागरिकहरुले सोचे जस्तो विकास गर्न नसकेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा प्रशिक्षक सरोज देवकोटाले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा बोल्दै प्रशिक्षक देवकोटाले आगामी दिन सिरानचोक गाउँपालिकामा रहेको सहकारी र नमुना र उदाहरणीय बन्न सक्नुपर्नेमा जोड दिनुभयो । उहाँले नमुना सहकारी हेर्न र अध्ययन गर्न चाहानेहरुका लागि सिरानचोक जानुपर्छ भन्ने अवस्थाको सृजना गर्न सहकारीकर्मीहरु लाग्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा सहभागीहरुले सहकारीमा लेखा तालिम समेतको आवश्यकता रहेको औल्याएका थिए । त्यस्तै स्थानीय क्षेत्रमा उत्पादित बस्तुको बजार व्यवस्थापन चुनौतीपूर्ण रहेको भन्दै सहभागीहरुले गाउँपालिकाले बजारको खोजी गरिदिनुपर्ने समेत माग गरेका छन् । स्थानीय स्तरमा समेत गाउँपालिकाले मेला तथा हाटबजार सञ्चालनमा ल्याएर स्थानीय उत्पादनलाई बिक्री गर्ने वातावरण सृजना गर्नुपर्नेमा जोड दिएका छन् ।

तालिमा पालिका भित्र रहेका ४१ वटा सहकारी मध्ये २४ वटा सहकारीका ४७ जनाको सहभागीता रहेको थियो । समापन कार्यक्रममा सहभागिका तर्फबाट इन्दिरा पोखरेल र दिपक भट्टले मन्तब्य राख्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology