Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

कानुन विपरीत काम गर्ने जोकोही जुनसुकै पहुँचमा भए पनि कारबाही गर्छौँ : गृहमन्त्री


1.6K
Shares

कानुन विपरीत काम गर्ने जोकोही जुनसुकै पहुँचमा भए पनि कारबाही गर्छौँ : गृहमन्त्री

काठमाडौ, २६ माघ । गृहमन्त्री नारायणकाजी श्रेष्ठले राज्यको जुनसुकै पहुँचमा रहेर संविधान र कानुन विपरीत राज्यलाई दोहन गर्ने जोकोहीलाई कारबाहीमा ल्याउने बताउनुभएको छ ।

शुक्रबार अध्यागमन विभागको इ–भिसा, अफिस स्वचालन, अनलाइन भुक्तानीको शुभारम्भ कार्यक्रममा उनले राज्यको पहुँचमा रहेको शक्तिशाली वर्ग, राजनीतिक दलका नेता र तीनलाई परिचालन गर्ने व्यक्तिहरू जोकोही भए तापनि संविधान र कानुन विपरीत राज्यलाई लुट्नेलाई कारबाहीको दायरामा ल्याउने बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘स्वाभाविक रूपमा सम्पत्तिशाली वर्ग जो राज्यको पहुँचमा छ । सरकारमा एक वा अर्को पटक सहभागी भएको छ । राजनीतिक दलका नेता तीनलाई परिचालन गर्ने व्यक्तिहरू जोकोहीले पनि संविधान र कानुनको खिलाफ जालसाजी र ठगी गर्ने वा राज्यलाई लुट्ने जति कामहरू भएका छन्, तीनका विरुद्धमा गृह मन्त्रालय कार्यक्षेत्रको सीमा भित्र रहेर कारबाहीका लागि निरन्तर अगाडि बढाउने छौँ । विश्राम लिने छैनौ ।’

उहाँले दोषीलाई कारबाहीको प्रक्रियामा विभिन्न राजनीतिक दल, संघ संगठनहरुबाट हस्तक्षेप हुने गरेको गुनासो गर्नुभयो । गृहमन्त्री श्रेष्ठले अध्यागमनलाई राज्यले सुशासनको प्रक्रियामा अगाडि बढ्न खोज्दा त्यसमा बाँधा पुर्‍याउन पाइँदैन भनी खबरदारी गरिदिन आग्रह गर्नुभयो ।

उहाँले छिटै राष्ट्रिय परिचय पत्रलाई अन्य सेवासँग एकीकृत गरेर जाने प्रक्रिया पनि अगाडि बढिरहेको भन्दै जिल्ला प्रशासन कार्यालय तथा अन्य निकायबाट हुने सेवा प्रवाहलाई पनि सरल सहज र जनमुखी ढङ्गले बनाउनका निम्ति पहलकदमी गरिरहेको जानकारी दिनुभयो ।

इ–भिसा, अफिस स्वचालन, अनलाइन भुक्तानीको शुभारम्भले गृह प्रशासनको सुधार कार्य योजना अन्तर्गत नै अध्यागमनले फड्को मारेको उहाँको विश्वास छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology