Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

५ लाख घुस लिएको आरोपमा वडाध्यक्षविरूद्ध भ्रष्टाचार मुद्दा


1.1K
Shares

५ लाख घुस लिएको आरोपमा वडाध्यक्षविरूद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, २४ माघ । घुस लिएको आरोपमा वडाध्यक्षविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ बाराको जितपुरसिमरा उपमहानगरपालिका(३ का वडाध्यक्ष ताराबहादुर क्षेत्रीविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले वडाध्यक्ष क्षेत्रीविरूद्ध आज विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । वडाध्यक्ष क्षेत्रीले घरबाटो सिफारिस गरिदिनका लागि सेवाग्राहीसँग पाँच लाख रूपैयाँ घुस लिएको सूचना अख्तियारले पाएको थियो ।

अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार सूचनापश्चात खटिएको टोलीले वडाध्यक्ष क्षेत्रीलाई पाँच लाख रूपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो ।

उनीविरूद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दपा ३ को उपदफा १ बमोजिम कैद सजाय र पाँच लाख रूपैयाँ बिगो दाबी गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology