काठमाडौं, २५ माघ । नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले युएईको टी(२० फ्रेञ्चाइज लिग आइएल टी(२० खेल्ने भएका छन् । उहाँलाई जारी सिजनका लागि गल्फ जायन्टले सम्झौता गरेको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ।
यसअघि उहाँले क्यानडाको ग्लोबल टी २० पनि खेलेका थिए । कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी नेपाल र क्यानडाबीचको सिरिजका लागि उहाँलाई आराम दिइएको थियो ।
युएईको ६ टिमबीच खेल भइरहेको छ । गल्फ जायन्ट ८ खेलबाट ८ अंक जोड्दै तेस्रो स्थानमा छ। उसले समूह चरणका दुई खेल खेल्न बाँकी छ । सम्झौतापछि ऐरीले गल्फ जायन्ट्समा आबद्ध हुँदा खुसी लागेको बताउनुभयो।
उहाँले भन्नुभयो, ुगल्फ जायन्ट्सको हिस्सा हुन पाउँदा सम्मानित छु । यो एक ठूलो अवसर हो, र म टोलीको सफलतामा योगदान चाहान्छु। फ्रेन्चाइजले मेरो क्षमतामा देखाएको आत्मविश्वासलाई म मैदानमा आफ्नो उत्कृष्ट प्रदर्शन गर्न तयार छु ।