काठमाडौं, २५ माघ । आगलागीबाट दुई बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६ वर्षीया निरुता बुढा र तीन वर्षीय अंकित बुढा छन् ।
मेल्लेख गाँउपालिका–३, दर्वा बस्ने जयबहादुर बुढा र झंकरे बुढाको खरले छाएको ढुंगामाटोले बनेको गोठभित्र बुधबार साँझ आगलागी भएको थियो ।
गोठको ढोका नजिक बालेको आगोबाट भित्र राखिएको खरमा सल्किएको थियो । सोही ठाउँमा खेल्ने क्रममा बालबालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ । आगो स्थानीय र प्रहरीको सहयोगमा नियन्त्रणमा आएको थियो ।