काठमाडौं,२४ माघ । काठमाडौंको सिनामंगलमा एम्बुलेन्सले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । सोमबार राति साढे ७ बजेतिर काठमाडौं महानगरपालिका (९ सिनामंगलस्थित सडकमा एम्बुलेन्सले सडकमा सुतिरहेका एक पुरूषलाई ठक्कर दिएको हो । सडकमा मागेर त्यहीँ बस्ने उदयपुरका ३५ वर्षीय दीपक राईको मृत्यु भएको प्रहरले जनाएको छ ।
सुतिरहेका उनलाई मधेस प्रदेश ००१ प ११३४ नम्बरको एम्बुलेन्सले ठक्कर दिएपछि मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनापछि दीपकलाई केएमसी अस्पताल पुर्याइएको थियो ।
त्यहाँ उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । शव अहिले पोष्टमर्टमको लागि टिचिङ अस्पतालमा राखिएको छ । प्रहरीले एम्बुलेन्स र चालकलाई नियन्त्रणमा लिएको छ ।