काठमाडौं, २३ माघ । बैंकिङ कसुर मुद्दामा फरार प्रतिवादी पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी०ले शनिबार बनेपाबाट एक जना महिलालाई पक्राउ गरेको एसपी नवराज अधिकारीले जानकारी दिनुभयो ।
पक्राउ पर्नेमा बनेपा नगरपालिका(६ बस्ने ४५ वर्षीया मन्दिरा केसी कार्की छिन् । उनी घराना डेभलपर्स प्रालिकी सञ्चालक हुन्। क्यापिटल मर्चेन्ट तथा फाइनान्स कम्पनी लिमिटेडका पदाधिकारी र कर्मचारीहरूलाई प्रभावमा पारेर उनले घराना डेभलपर्स प्रालिलाई ऋणी बनाएकी थिइन् ।
त्यसरी प्रालिको नाममा रहेको चाँगुनारायण(७ र ९मा रहेको जग्गाहरू धितो राखेर ऋण प्राप्त गरेकी थिइन्। तोकिएको परियोजनामा ऋण प्रयोग नगरी दुरूपयोग गरेपछि उनीविरूद्ध बैंकिङ कसुरको मुद्दा परेको हो ।
साविक पुनरावेदन अदालत पाटनले २०७१ वैशाख २९ गते गरेको फैसलाअनुसार उनलाई ३ महिना कैद र ४ करोड रुपैयाँ जरिवाना सुनाएको थियो। उक्त सजाय बेरुजु भई फरार रहेको भन्दै प्रहरीले मन्दिरालाई पक्राउ गरेको हो । उनलाई आइतबार काठमाडौं जिल्ला अदालतमा पेश गरेको छ।