Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

गोरखामा नाबालिका बलात्कार आरोपमा ५५ बर्षिय पुरुष पक्राउ


3.2K
Shares

गोरखामा नाबालिका बलात्कार आरोपमा ५५ बर्षिय पुरुष पक्राउ

गोरखा, २३ माघ । गोरखामा नाबालिका बलात्कार आरोपमा प्रहरीले ५५ बर्षका १ जना पुरुषलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शहिद लखन गाउँपालिका–६ घैरुङ, ज्यामिस्वाँराका मिनबहादुर थापा भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरिक्षक एवं सूचना अधिकारी शेखर खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार स्थानिय १४ बर्षिया बालिकालाई गएको माघ १९ गते शुक्रबार बिहान ११ः३० बजेको समयमा ‘फ कुमारी’ नाम परिवर्तनलाई फकाई फुलाई गरी आफ्नै घरमा लगि जबरजस्ती करणी गरेका थिए ।

घटना पछी पिडितकी आमाले दिएको किटानी जाहेरीका आधारमा आरोपित थापालाई प्रहरीले माघ २१ गते पक्राउ गरेको हो । पक्राउ परेका थापा विरुद्व माघ २२ गते सोमबार जबरजस्ती करणी शिर्षक मुद्वा दर्ता गरी गोरखा जिल्ला अदालतबाट अनुसन्धानका लागि म्याद थप गरीएको छ ।

थापालाई प्रहरीको हिरासतमा नै राखेर अनुसन्धान थालिएको सूचना अधिकारी खड्काले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology