Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

गोरखाको गण्डकी गाउँपालिकामा गर्भवती महिला तथा दीर्घरोगीहरुका लागि निशुल्क स्वास्थ्य बीमा


1.3K
Shares

गोरखाको गण्डकी गाउँपालिकामा गर्भवती महिला तथा दीर्घरोगीहरुका लागि निशुल्क स्वास्थ्य बीमा

गोरखा, २३ माघ । गोरखाको गण्डकी गाउँपालिकाले पालिका भित्रका गर्भवती महिला तथा दीर्घरोगीहरुका लागि निशुल्क स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेको छ । चालु आर्थिक बर्ष २०८०÷०८१ मा बिनियोजित बजेट मार्फत पालिका भित्रका सवै गर्भवती महिला तथा दीर्घरोगीहरुका लागि स्वास्थ्य बीमा गर्न सुरु गरेको गाउँपालिकाका अध्यक्ष दीपक तिमल्सिना (साकार) ले जानकारी दिनुभयो ।

‘‘पालिकाले दीर्घरोगी र गर्भवतीहरुका लागि बार्षिक एक लाख रुपैयासम्मको स्वास्थ्य बीमाको थालनी गरेको छ, उहाँले भन्नुभयो, ‘‘स्वास्थ्य बीमा कार्यक्रमले लक्षित परिवारमा अवदेखि सहज स्वास्थ्य सेवाको पहुँच पुग्नेछ ।’’ गाउँपालिकाले वडा नम्बर ६ बाट विश्व क्यान्सर दिवसको अवसर पारेर स्वास्थ्य बीमा कार्यक्रमको थालनी गरेको पालिका प्रमुख तिमल्सिनाले बताउनुभयो ।

आग्रीडाँडा सामुदायिक स्वास्थ्य इकाईमा क्यान्सर पिडित परिवार तथा गर्भवती महिलाहरुलाई स्वास्थ्य विमा फारम उपलब्ध गराएर बीमा कार्यक्रमको औपचारिक सुरुवात गरिएको उहाँको भनाई छ । कार्यक्रम सुरु भएसंगै पालिका भित्रका सवै गर्भवती तथा सूचीकृत भएका दीर्घरोगीहरुलाई निशुल्क स्वास्थ्य बीमा उपलब्ध गराउदै जाने प्रमुख तिमल्सिनाले जानकारी दिनुभयो ।

‘‘कार्यक्रमबाट गर्भवती महिलाहरुको सुत्केरी हुँदा लाग्ने खर्च तथा आमा र बच्चाको स्वास्थ्य उपचारमा खर्च न्युनीकरण हुनेछ, उहाँले भन्नुभयो, ‘‘नियमित रुपमा औषधी सेवन गर्नुपर्ने तथा उपचार गर्नुपर्ने दीर्घरोगीहरुका लागि समेत कार्यक्रमले उपचारका लागि थप सहज हुनेछ भन्ने अपेक्षा गरिएको छ ।’’

गण्डकी गाउँपालिका भित्र अहिलेसम्म सूचीकृत भएका ८४ जना दीर्घरोगीहरु रहेका छन् । दीर्घरोगी तथा गर्भवती महिलाहरुका लागि निशुल्क स्वास्थ्य बीमा कार्यक्रमका लागि गाउँपालिकाले चालु आर्थिक बर्षका लागि १० लाख रुपैया बजेट बिनियोजन गरेको थियो । कार्यक्रम अव निरन्तर चल्नेछ ।

बीमा गर्दा गर्भवती तथा दीर्घरोगीका परिवारका पाँच जना सदस्यहरुको समेत निशुल्क स्वास्थ्य बीमा हुने गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology