गोरखा, २१ माघ । अंग्रेजी विषयका शिक्षकहरुको साझा संस्था नेपाल अंग्रेजी भाषा शिक्षक समाज (नेल्टा) गोरखाको १७ औं वार्षिक साधारण तथा ८ औं अधिवेशन सम्पन्न भएको छ ।
अधिबेशनबाट लक्ष्मीबजार गोरखाका सहायक प्रधानाध्यापक टेकबहादुर उपरकोटीको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्यसमिति निर्वाचित गरेको हो ।
नवनिर्वाचत समितिको उपाध्यक्षमा द्रव्यशाह बहुमुखी क्याम्पसका जयराम अधिकारी, सचिवमा श्री मनकामना बहिरा मावि टक्सारका प्रधानाध्यापक अनिल अंगाई, सहसचिवमा श्री सरस्वती मावि आहालेका शिक्षक श्याम पाण्डे र कोषाध्यक्षमा श्री जलदेवी मावि ताक्लुङका मदन पन्त सर्वसम्मत चयन भएका छन् ।
त्यस्तै गोरखा क्याम्पसका गोरखाका लक्ष्मी श्रेष्ठ खत्री, श्री जनता मा.वि आँपपिपल प्रेमबहादुर कोइराला, श्री हिमालय मा.वि घैरुङका कृष्ण बि.क, श्री मण्डली मावि छोप्राकका रामचन्द्र घिमिरे, एकीकरण नेपाल गोरखाका चन्द्र बहादुर देवकोटा र श्री महालक्ष्मी मावि लक्ष्मीबजारका थमन कुमारी थापा मगर चयन हुनुभएको नवनिर्वाचित समितिका सचिव अनिल अंगाईले जानकारी दिनुभयो ।
कार्यक्रममा नेल्टा गण्डकीका अध्यक्ष कमलराज लम्साल र सल्लाहाकार डा नवराज न्यौपानेले लगायतले शिक्षकहरुलाई अंग्रेजी विषयमा पठन पाठन सम्बन्धी दुई सत्रमा तालिम समेत प्रदान गर्नुभएको थियो ।
तत्कालिन अध्यक्ष रामचन्द्र दुवाडीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई गोरखाका प्रमुख सुवास चन्द्र आर्चायको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नेल्टा गण्डकीका सल्लाहाकार डा. नवराज न्यौपाने, नेल्टा गण्डकीका अध्यक्ष कमलराज लम्साल, नेल्टा गण्डकीका उपाध्यक्ष सञ्जय अधिकारी र नेल्टा गोरखाका सल्लाहकार लक्ष्मणबाबु आचार्य लगायतको सहभागिता रहेका थियो ।