Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

कार्यकर्ताबीच कुटाकुट भएपछि एमाले धादिङको अधिवेशन स्थगित


1.4K
Shares

कार्यकर्ताबीच कुटाकुट भएपछि एमाले धादिङको अधिवेशन स्थगित

काठमाडौ,२१ माघ । बन्दसत्रमा कार्यकर्ताबीच कुटाकुट भएपछि नेकपा एमालेको धादिङ जिल्ला अधिवेशन स्थगित भएको छ ।

शुक्रबारदेखि सुरु भएको अधिवेशनमा जिल्ला कमिटीबाट मनोनीत नामका विषयमा शनिबार बन्दसत्रमा विवाद भई कुटाकुट भएपछि अधिवेशन स्थगित भएको बागमती प्रदेश अध्यक्ष कैलाशप्रसाद ढुंगेलले जानकारी दिनुभयो ।

आइतबार विज्ञप्ति जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि अधिवेशन स्थगित भएको ढुंगेलले जानकारी दिए । बन्दसत्रमा कुटाकुट हुँदा एमाले कार्यकर्ता सन्तोष खनालको हात भाचिएको छ ।

‘माघ २० गते बन्दसत्रको सुरुवातबाटै अघिल्लो दिनभन्दा बढी असहज, आक्रामक र आतंकित परिस्थिति देखापर्‍यो । यही क्रममा भिडन्त भई पार्टी कार्यकर्ता सन्तोष खनालको हात भाँच्चिएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology