Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

फेसबुक शुरु भएको २० वर्ष पूरा, तीन अर्ब मानिसले प्रयोग गर्दै


1.4K
Shares

फेसबुक शुरु भएको २० वर्ष पूरा, तीन अर्ब मानिसले प्रयोग गर्दै

काठमाण्डौ, २१ माघ ।  अहिले सबैभन्दा धेरै प्रयोगमा रहेको सामाजिक सञ्जाल फेसबुक स्थापना भएको आज २० वर्ष पूरा भएको छ । सन् २००४ मा मार्क जुकरवर्गले आफ्ना केही साथीहरुसँग मिलेर फेसबुकको शुरुवात गर्नुभएको हो ।

केही विद्यार्थीले दुई दशकअघि अमेरिकामा शुरु गरेको ‘द फेसबुक’ले अहिलेसम्म दर्जनौँ नयाँ डिजाइनहरु परिवर्तन गर्दै आफूलाई अब्बल बनाएको छ । अहिले विश्वभर फेसबुकका तीन अर्ब भन्दा धेरै प्रयोगकर्ता छन् । फेसबुककै मातृ कम्पनी मेटा अन्तर्गतको वाट्सएप अहिले विश्वमा प्रयोग भएको दोस्रो सामाजिक सञ्जाल हो ।

मेटाकै इन्सटाग्राम चौथो नम्बरमा छ । फेसबुकभन्दा अगाडि माईस्पेसजस्ता अरू सामाजिक सञ्जाल भए पनि फेसबुक निकै चाँडो लोकप्रिय बन्यो । संसारलाई अनलाइन सामाजिक गतिविधिको नयाँ युगमा प्रवेश गराएको श्रेय फेसबुकलाई नै जाने प्रविधिविज्ञहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

कसैले फेसबुक लगायतका सामाजिक सञ्जाललाई पारस्परिक सम्पर्क र सम्बन्ध बढाउने सशक्त माध्यम मानेका छन् भने कसैले हानिकारक कुलत पनि भन्ने गरेका छन् । फेसबुकले हाम्रो रुचि र अरुचिबारे जानकारी राखेर पैसा कमाउन सकिन्छ भन्ने देखायो ।

तर, मेटाले व्यक्तिगत विवरण दुरुपयोग गरेको आरोपमा थुप्रै पटक जरिबाना तिर्नुपरेको छ । यस्तै पैसा लिएर राजनीतिक प्रचार गर्ने फेसबुकले इन्टरनेटलाई राजनीतिको साधन पनि बनाइदिएको छ । अहिले फेसबुकले आर्टिफिशल इन्टेलिजन्स एआईलाई पनि प्राथमिकतामा राखेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology