Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

गोरखामा निशुल्क मुटु जाँच शिविर सम्पन्न : एकहजार ८२ जना लाभाव्दित


1.7K
Shares

गोरखामा निशुल्क मुटु जाँच शिविर सम्पन्न : एकहजार ८२ जना लाभाव्दित

गोरखा २१ माघ । गोरखाको सिरानचोक गाउँपालिका–६, नँया साँघुमा भएको निशुल्क मुटु जाँच स्वास्थ्य शिविरवाट एकहजार जना भन्दावढी लाभाव्दित भएका छन् । शहीद सुरेश वाग्ले (वासु) स्मृति प्रतिष्ठान नेपाल, सिरानचोक गाउँपालिका र मुटु जोगाऔं काठमाण्डौको संयुक्त आयोजनामा शनिवार भएको शिविरमा एक हजार ८२ जनाले निशुल्क सेवा लिएको प्रतिष्ठानका कोषाध्यक्ष विकास वाग्लेले जानकारी दिनुभयो ।

शिविरमा उपचार सेवा लिएका मध्ये २ सय ७१ जनाले इसिजी र एकसय ९८ जनाले इको जाँच गराएका उहाँले बताउनुभयोे । शिविरमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराईको नेतृत्वमा रहेका ९ जना विशेषज्ञ चिकित्सक सहित २४ जना स्वास्थ्यकर्मीको टोलीले निशुल्क उपचार सेवा प्रदान गरेका थिए । ‘‘उपचार सेवा लिएका मध्ये १४ जना मुटु रोगका गम्भीर विरामी फेला परेका छन्, उहाँले भन्नुभयो, ‘‘गम्भीर प्रकृतिको समस्या देखिएका विरामीहरुको यथासक्य छिटो मुटुको अपरेशन गर्नुपर्ने पाइएको छ ।’’

मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर तथा शहिद गंगालाल हृदय केन्द्रको प्राविधिक सहयोगमा शिविरको आयोजना गरिएको हो । शिविरमा मुटु जाँचका लागि आएका व्यक्तिहरुलाई निशुल्क परामर्स सेवा सहित आवश्यकताका आधारमा औषधी वितरण समेत गरिएको उहाँको भनाई छ ।

उपचार सेवा लिएकाहरुले गाउँमै निशुल्क मुटुको जाँच गर्न पाएकोमा खुशी व्यक्त गरेका छन् । ऊनीहरुले अन्यत्र अस्पतालमा पुगेर हजारौँ रुपैया खर्च गरेर गर्नुपर्ने मुटुको जाँच सेवा स्थानीय स्तरमै विशेषज्ञ चिकित्सकहरुबाट जाँच गर्न पाएको भन्दै खुशी व्यक्त गरेका हुन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology