Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

१५औँ तलाबाट दुई बालबालिकालाई फ्याँक्ने चिनियाँ एक जोडीलाई मृत्युदण्ड


1.4K
Shares

१५औँ तलाबाट दुई बालबालिकालाई फ्याँक्ने चिनियाँ एक जोडीलाई मृत्युदण्ड

एजेन्सी, २० माघ । एक जोडीलाई फाँसी दिइएको छ । उनीमाथि दुई बालबालिकाको हत्या गरेको आरोप लागेको थियो । यी दम्पतीले २ नोभेम्बर २०२० मा आफ्ना दुई बच्चाहरूलाई १५औँ तलाबाट फ्याँकेको पुष्टी भएपछि उनीहरूलाई फाँसी दिइएको हो । उनीहरूले फ्याके लगत्तै दुवै बालबालिकाको घटनास्थलमै मृत्यु भएको थियो ।

जब आरोपी दम्पतीसँग यो घटनाबारेमा चर्चा भयो, उनीहरूले यसलाई दुर्घटना भनेर टार्न खोजेका थिए । तर, प्रहरीले अनुसन्धान थालेपछि दम्पतीले षडयन्त्रमा बालबालिकाको हत्या गरेको थाहा भयो ।

यस विषयमा स्थानीय प्रहरीले उनीहरूविरुद्ध मुद्दासमेत दायर गरे । पहिले चेङचेनको पहिलो पतिको नाम झाङ बो थियो। तर, सम्बन्ध विच्छेदपछि उनी झाङ बोसँग संलग्न भइन् । चेङचेन झाङ बोका छोराछोरीसँग बस्न चाहँदैनन् । यही कारण थियो कि उनले झांग बोलाई हत्या गर्न उक्साए।

चोङकिङ सरकारी वकिलको कार्यालयले जारी गरेको सूचनाअनुसार झाङ र चेङचेन बीच सामाजिक सञ्जालमार्फत भेट भएको हो । कुराकानी अगाडि बढ्दै जाँदा उनीहरू सम्बन्धमा प्रवेश गरे । डेली मेलको रिपोर्टका अनुसार यो जोडी बस्ने ठाउँको नाम टावर ब्लक थियो । झाङ बो पनि विवाहित थिए । उनकी श्रीमतीको नाम चेन मेलिन थियो । यसका बाबजुद पनि उनी ये चेङसेनसँग नै रहेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology