तनहुँ, २० माघ । बिहान माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शुक्लागण्डकी(६ ओखलेका २८ वर्षीय सन्तोष कुमाल रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणका अनुसार बिहान २स्४५ बजे कुम्लेखोला जिल्ला सल्यान शारदा नगरपालिका(१२ स्थायी घर भइ हाल शुक्लागण्डकी(६ ओखलेमा डेरा गरी बस्ने २५ वर्षीय सन्तोष डाँगी र सन्तोष कुमाल विद्युतीय तारको प्रयोग गरी माछा मार्दै गर्दा कुमाल करेन्ट लागेर घाइते भएका थिए ।
घाइते कुमाललाई उपचारको लागी जीपी कोइराला श्वासप्रश्वास केन्द्र बेचलौतारा लागिएकोमा करिव ३ बजे चिकित्सकद्वारा मृत घोषणा गरिएको उहाँले बताउनुभयो । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।