Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

पक्राउ परेका चौधरी र थापालाई सारियो ग्राण्डी अस्पताल


3.1K
Shares

पक्राउ परेका चौधरी र थापालाई सारियो ग्राण्डी अस्पताल

काठमाडौँ,१९ माघ । बासबाँरीस्थित छालाजुक्ता कारखानाको १० रोपनी सरकारी जग्गा हडपेको अभियोगमा पक्राउ परेका व्यवसायी अरुण चौधरी र कारखानाका तत्कालीन सञ्चालक अजितमानसिंह थापालाई ग्राण्डी अस्पताल सारिएको छ ।

बिहीबार पक्राउ परे लगत्तै उनीमाथि अनुसन्धान गर्न केन्द्रीय अपराध अनुसन्धान ब्युरो सिआइवी अनुसन्धानका लागि चार दिन सम लिएको थियो ।

प्रहरीको थुना कक्षमा नबसी चौधरी र थापा बिरामी भएको बहानामा महाराजगञ्जस्थित चिरायु अस्पतालमा बसेका थिए । चिरायुकै सिफारिसमा उनीहरुलाई शुक्रबार अझ सुविधा सम्पन्न अस्पताल ग्राण्ड सारिएको सिआइवी स्रोतले जानकारी दियो ।

दुवै जना उच्च रक्तचाप मुटुको रोगी भएको दाबी छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology