Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

स्वतन्त्र विद्यार्थी युनियन गोरखा क्याम्पसको आयोजनामा नगर स्तरीय माबि नृत्य प्रतियोगिता हुने


1.5K
Shares

स्वतन्त्र विद्यार्थी युनियन गोरखा क्याम्पसको आयोजनामा नगर स्तरीय माबि नृत्य प्रतियोगिता हुने

गोरखा, १९ माघ । गोरखा नगरपालिकामा नगर स्तरीय माध्यमिक तह नृत्य प्रतियोगिता हुने भएको छ । स्वतन्त्र विद्यार्थी युनियन गोरखा क्याम्पसको आयोजनामा नृत्य प्रतियोगिता हुन लागेको हो ।

गोरखा नगरपालिका भित्रका माध्यमिक तहका बिद्यालयहरुलाई समेटेर प्रतियोगिता गर्न लागिएको स्ववियुका सह–सचिव रचन परियारले जानकारी दिनुभयो ।

प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुनेले क्रमश पाँच हजार, तीन हजार र दुई हजार नगद पुरस्कार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरीने उहाँले बताउनु भएको छ । त्यस्तै सान्त्वना हुनेलाई एक हजार नगद पुरस्कारको व्यवस्था समेत गरीएको आयोजकले जनाएको छ ।

नृत्य प्रतियोगितामा सहभागी बिद्यार्थीले संस्कृति झल्कने प्रकारको प्रस्तुती गर्नुपर्ने र बढीमा चार जना मात्र सहभागी हुन पाउने ब्यबस्थमा रहेको आयोजकले जनाएको छ ।

प्रतियोगिता यहि माघ २५ गते हुने भएको छ । गोरखा क्याम्पसको सभाहलमा हुने प्रतियोगितामा सहभागी हुन चाहने बिद्यालयले माघ २४ गतेसम्म दर्ता गराउनु पर्ने बताइएको छ । दर्ता शुल्क भने नलाग्ने आयोजकले जनाएको छ ।

प्रतियोगितामा सहभागी हुन स्ववियुले नगर क्षेत्रका सबै माध्यमिक तहका बिद्यालयहरुलाई आग्रह समेत स्ववियुका सह–सचिव परियारले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology