Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

चलचित्र दयारानी माघ २६ देखि देशभर प्रदर्शन हुने


1.5K
Shares

चलचित्र दयारानी माघ २६ देखि देशभर प्रदर्शन हुने

काठमाडौँ, १८  माघ । नेपाली चलचित्र दयारानी माघ २६ गतेदेखि देशभर प्रदर्शन हुने भएको छ । बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराइएको हो ।

पत्रकार सम्मेलनका क्रममा बोल्नुहुँदै अभिनेता दयाहाङ राईले विवाह गरेको धेरै समयपछि सन्तान नभएपछि उपचार खोज्न हिँड्ने कथामा चलचित्र बनेको बताउनु भयो । चिकित्सकले आफूबाट सन्तान उत्पादन गर्नसक्ने क्षमता नभएको बताएपछि दयाहाङ राईको पात्रले यो सत्यलाई लुकाएर यसको दोष पत्नीलाई लगाउँछ ।

आफूलाई मर्दको रूपमा देखाउन उक्त पुरुष पात्रले आफ्नो कारणले सन्तान उत्पादन गर्न नसक्ने यथार्थलाई स्विकार्न सक्दैन । बरु ऊ अर्को विवाह गर्न तयार छ । सन्तान प्राप्तिको यो रस्साकस्सीमा कसरी महिला प्रताडित हुनुपर्छ भन्ने कथावस्तु यसमा चित्रण छ ।

उहाँले चलचित्रमा सन्तान नभएको बेलामा श्रीमान् श्रीमतीबिच कस्ता उतारचढाव आउँछन् भन्ने कुरालाई देखाइएको बताउनु भयो । त्यस्तै अभिनेत्री दिया पुनले फिल्ममा सन्तान नभएपछिको पीडालाई देखाइएको बताउनु भयो । त्यस्तै विजय बरालले चलचित्रमा आफूले गरेको अभिनयबाट दर्शकले रुचाइरहेको र आगामी दिनमा पनि सोही माया र साथ दिन आग्रह गर्नुभयो ।

चलचित्रमा दम्पतीबिच सन्तानको चाहना र यसले सम्बन्धमा ल्याउने उतारचढावको कथा छ । गुरुङ समुदायमा रहेको संस्कृतिमा आधारित यो फिल्मलाई माओत्से गुरुङले निर्देशन गरेका हुन् । दिया पुन, दयाहाङ राई, विजय बराल, प्रमिस गुरुङ, श्रीषा कुँवर लगायतको अभिनय छ सातभन्दा बढी गुरुङ फिल्म निर्देशन गरेका माओत्सेले यो फिल्मबाट नेपाली भाषाको फिल्ममा डेब्यु गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology