Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु


2.4K
Shares

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

सल्यान, १८ माघ । ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।  सल्यान जिल्लाको बाग्चौर नगरपालिका(८ कोटमोलाको भित्री सडकखण्डमा रा १ त ३८५७ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरले च्यापिएर कुमाख गाउँपालिका ६ बडागाउँका १९ वर्षीय जनक बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

जिल्ला प्रहरी कायालय सल्यानका सूचना अधिकारी तथा प्रवक्ता प्रहरी निरीक्षक भवानीप्रसाद धमलाका अनुसार गोबर बोकेको ट्याक्टर अनियन्त्रित भएर दुर्घटना भएको थियो । दुर्घटनामा मृत्यु भएका बिकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्यान पठाइएको उहाँको भनाइ छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology