Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

गोरखामा कार्यरत प्रहरी सहायक हवल्दार रानाको मोटरसाइकल दुर्घटनामा परी मृत्यु


3.9K
Shares

गोरखामा कार्यरत प्रहरी सहायक हवल्दार रानाको मोटरसाइकल दुर्घटनामा परी मृत्यु

गोरखा, १७ माघ । गोरखामा कार्यरत ३३ वर्षीय प्रहरी सहायक हवल्दार रमेश रानाको सवारी दुर्घटनामा परी मृत्यु भएको छ । अस्थायी प्रहरी पोष्ट धारापानीमा कार्यरत राना घर विदामा रहेका बेला मोटरसाइकलमा बुटवलबाट काठमाडौँ जादै गर्दा नारायणघाट–मुग्लिङ सडक खण्ड अन्तर्गत भरतपुर महानरपालिका–२९, पन्द्रकिलोमा ग २३ प १५५९ नम्वरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेका थिए ।

पुल बनाउन खनेको खाल्डोमा खसेर दुर्घटना हुँदा सहायक हवल्दार राना र सोही मोटरसाइकलमा सवार विकास कुमार पुन घाइते भएका थिए ।

उपचारको क्रममा चितवन स्थित पुरानो मेडिकल कलेज भरतपुरमा सहायक हवल्दार रानाको मंगलबार राति मृत्यू भएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी रमेश कुमार श्रेष्ठले जानकारी दिनुभयो । घाइते पुन भने उपचाररत छन् ।

मृतक ३३ वर्षीय राना रुपन्देही कन्चन गाउँपालिका–४ का स्थायीबासी हुन् । उनी गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बाग्लुङ दरबन्दी रहेर काजमा अस्थायी प्रहरी पोष्ट धारापानी गोरखामा कार्यरत थिए ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology