Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

गोरखामा सर्पदंशका घटना बढ्दै, उपचारको लागि चितवन जानुपर्ने बाध्यता


2.3K
Shares

गोरखामा सर्पदंशका घटना बढ्दै, उपचारको लागि चितवन जानुपर्ने बाध्यता

गोरखा, १६ माघ । पछिल्लो केही बर्ष यता गोरखामा सर्पदंशको घटनामा बृद्वि हुन थालेको छ । यो आर्थिक बर्षको अधिल्लो ६ महिनामा मात्रै ५२ जनालाई सर्पले ढसेको स्वास्थ्य कार्यालय गोरखाका जनस्वास्थ्य अधिकृत नवराज ढकालले जानकारी दिनुभयो ।

‘जिल्लामा पछिल्लो बर्षहरुमा सर्पदंशका घटना बढेको’ भन्दै ‘यो आर्थिक बर्षको साउनदेखी पौष मसान्तसम्म मात्रै ५२ जनालाई सर्पले ढसेको छ’ उहाँल भन्नुभयो । अधिकृत ढकालका अनुसार आर्थिक बर्ष २०७७÷०७८ मा ७६ जना र ०७८÷०७९ मा ६९ जना सर्पदंशका बिरामी फेला परेको छ ।

‘गर्मी महिना आउनै बाँकी छ । अझै सर्पदंशका बिरामी फेला पर्न सक्ने’ भन्दै उहाँले भन्नुभयो ‘घटनाबाट जोगिन आफै सावधानी अपनाउन’ उहाँले आग्रह गर्नुभयो । पछिल्लो समय गर्मी स्थानमा पाइने बिषालु सर्पहरु पहाडी क्षेत्रमा फेला पर्न थालेको कार्यालयको रकर्डमा देखिएको छ ।

सर्पदंशका बिरामीहरुलाई अवस्था चितवन रिफर गरिने गरेको गोरखा अस्पतालका डा।बिजय शर्माले बताउनुभयो । गोरखा अस्पतालमा सर्पदंशका बिरामीहरुलाई उपचार गर्ने ब्यवस्था नभएका कारण अवस्था हेरी पठाउने गरीएको जानकारी दिनुभयो । उहाँका अनुसार सर्पदंश पछि बिरामीमा रगत पातलो देखिए वा मांसपेशी बिग्रन थाले तत्कालै चितवन पठाउने गरीएको छ ।

यता ल्याब टेक्निसियन निरिक्षक नारायणबावु अर्यालले केही समय अगाडी मात्रै पनि निकै बिषालु मानिएको र तराई क्षेत्रमा पाइने कोब्रा सर्प गोरखा अस्पताल परिषर भित्र देखिएको बताउनुभयो ।

स्वास्थ्य कार्यालयका अनुसार बिषालु सर्प प्लाष्टिकको पाइप मार्फत उच्च हिमाली भेगतिर समेत पुगेको छ । पछिल्लो पटक उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाको सिर्दीबास, फिलिम क्षेत्रमा पनि बिषालु सर्प देखिएको छ ।

यो आर्थिक बर्षको पहिलो ६ महिनामा सबैभन्दा बढी आरुघाट गाउँपालिकामा सर्पदंशका बिरामी धेरै देखिएको छ । जहाँ २७ जनालाई सर्पले ढसेको थियो । यसैगरी सिरानचोक गाउँपालिकामा ७ जना र भिमसेन थापागाउँपालिकामा ५ जना सर्पदंशका बिरामी फेला परेको छ । सदरमुकामको गोरखा नगरपालिका र अजिरकोट गाउँपालिकामा ३–३ जना, पालुङटार नगरपालिका र गण्डकी गाउँपालिकामा २–२ जना र बारपाक सुलिकोट, धार्चे र शहिद लखन गाउँपालिकामा १–१ जनालाई सर्पले ढसेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology