Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

बिश्वस्वास्थ्य संगठनले भन्यो : नेपालको प्रयोगशालाको परीक्षण विश्‍वसनीय छ


1.9K
Shares

बिश्वस्वास्थ्य संगठनले भन्यो : नेपालको प्रयोगशालाको परीक्षण विश्‍वसनीय छ

काठमाडौँ ११ चैत । नेपालको स्वास्थ्य प्रयोगशाला विश्वसनीय रहेको बिश्व स्वास्थ संगठन (डब्लुएचओ) ले जनाएको छ । नेपालको केन्द्रीय जनस्वास्थ्य प्रयोगशालाले गरेको कोरोना भाइरसको परीक्षण विश्वसनीय र चित्तबुझ्दो भएको डब्लुएचओले उल्लेख हो ।

नेपाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आग्रहमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको अध्ययन गर्न मार्च १३ देखि २१ सम्म खटाएको माइक्रोबायोलोजिस्ट डाक्टर जोनाथन एस्क्रोफ्टले डब्लुएचओलाई बुझाएको बुझाउनु भएको थियो ।

प्रतिबेदनमा उल्लेख भएबमोजिम डब्लुएचओले केही सुधारको सिफारिससहित डाक्टर जोनाथनले तया पारेको प्रतिवेदनसहित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र लेखेको छ।प्रतिवेदनका अनुसार प्रयोगशालाले कोरोना भाइरसको परीक्षणमा सबै प्रक्रिया पूरा भएको भएको उल्लेख गरेको छ।

साथै ल्याब उपकरण र खटिएको जनशक्तिको प्रदर्शन पनि राम्रो रहेको बताउँदै परीक्षण क्षमता भने विस्तार गर्नुपर्ने आवश्यक रहेको सुझाव दिएको छ। परीक्षणका सबै प्रक्रिया गुणस्तरीय भएको उल्लेख गर्दै डब्लूएचओले जनस्वास्थ्य प्रयोगशालाले रिपोर्टहंरु तथ्यगत हिसाबले विश्लेषण गरेको पनि डब्लूएचओले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology