काठमाडौं, १४ माघ । पानीको बाल्टिनमा डुबेर ११ महिने शिशुको मृत्यु भएको छ । भक्तपुर नगरपालिका ५ भेलुखेल बस्ने लक्ष्मीप्रसाद देउलाका ११ महिने छोरा लक्ष्मण देउलाको शनिबार मृत्यु भएको भक्तपुरका डिएसपी बसन्त पाठकले जानकारी दिनुभयो ।
डिएसपी पाठकका अनुसार शिशु खाटमा सुतेका थिए । कपडा धुनका लागि १० लिटरको बाल्टिनभरीको पानी खाट नजिकै राखिएको थियो । सोही बाल्टिनमा शिशु खसेका थिए ।
उनलाई उपचारका लागि भक्तपुरको सिद्धी स्मृति अस्पताल लगिएकोमा अपराह्न ३स्३५ बजे चिकित्सकले मृत घोषणा गरेको डिएसपी पाठकले जानकारी दिनुभयो । घटनाबारे अनुसन्धान भइरहेको डिएसपी पाठकले बताउनुभयो ।