Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

भोलिदेखि धरहरामा निःशुल्क पार्किङ गर्न पाइने


1.5K
Shares

भोलिदेखि धरहरामा निःशुल्क पार्किङ गर्न पाइने

काठमाडौँ,१३ माघ । काठमाडौँ महानगरपालिकाले धरहरामा निःशुल्क पार्किङको व्यवस्था मिलाएको छ । धरहरासँगै निर्माण गरिएको भवनको पहिलो तलामा भोलिदेखि निःशुल्क पार्किङ सेवा उपलब्ध हुने भएको हो ।

काठमाडौँ महानगरले न्युरोडमा कालोपत्रे सडकमाथि पार्किङ निषेध गरेको थियो । महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले भोलिदेखि धरहरा क्षेत्रमा रहेको पार्किङ भवनमा निःशुल्क पार्किङको व्यवस्था मिलाइएको बताउनुभयो । यसअघि काठमाडांै टावर साबिक पुरानो बसपार्क मा निःशुल्क पार्किङको व्यवस्था मिलाएको उहाँको भनाइ छ ।

५० हजार स्क्वायर फिट क्षेत्रफल निःशुल्क पार्किङका लागि उपलब्ध हुने उहाँको भनाइ छ । सहिद गेटबाट नयाँ सडक जाँदा गएको दसैँदेखि छठ पर्वसम्मको अवधिमा वडा कार्यालयले साझेदार र स्थानीय क्लबहरुसँगको सहकार्यमा निःशुल्क पार्किङ सेवा दिएको थियो । संरचनागत रुपमा, यो ठाउँ नेपालकै ठूलो पार्किङ संरचना हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology