Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

गोरखाका धिताल त्रिशुली नदीमा मृत्त फेला


5.1K
Shares

गोरखाका धिताल त्रिशुली नदीमा मृत्त फेला

गोरखा, १० माघ । गोरखा श्रीनाथकोटका प्रेमनारायण धिताल आज त्रिशुली नदीमा मृत्त फेला परेका छन् । सिरानचोक गाउँपालिका–७ श्रीनाथकोट घर भई हाल काठमाडौं महानगरपालिका बालाजु बस्दै आएका ५४ धिताल मृत्त फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार धिताल गएको पौष २७ गतेदेखी राजधानीको बालाजुबाट सम्पर्क बिहीन भएका थिए । धितालको मृत्त शरिर गोरखाको शहिद लखन गाउँपालिका–४ ताक्लुङको फेवाटार स्थित त्रिशुली नदी किनारमा तौरीरहेको अवस्थाम फेला परेपछी स्थानियले प्रहरीलाई खबर गरेका थिए ।

घटनाको जानकारी लगत्तै जिल्ला प्रहरी कार्यालय गोरखाबाट गएको प्राविधिक सहितको टोलीले आवश्यक कानूनी प्रकृया पुरा गरी शव पोष्टमार्टमका लागि राजधानीको टिचिङ अस्पताल पठाएको पनि सूचना अधिकारी श्रेष्ठले बताउनुभयो । प्रहरीले घटनाका सम्वन्धमा आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology