गोरखा, ६ माघ । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा पर्ने चुम उपत्यका अनुपम प्राकृतिक सौन्र्दयता र मनोरम दृष्यले भरिपूर्ण क्षेत्र हो । साविकको छेकम्पार र चुम्चेत गा.वि.स समेटिएको सुन्दर र शान्त हिमश्रङखलाका काँखमा रहेको चुम उपत्यकाको सौन्र्दयतालाई शब्दमा बयान गर्न कठिन हुन्छ । अपार प्राकृतिक स्रोत र साधनको धनी चुम उपत्यका नेपालकै प्रचुर सम्भावना बोकेको एक प्रमुख पर्यटकीय गन्तव्य पनि हो ।
यिनै चुम उपत्यकाको प्राकृतिक सुन्दरता र साँस्कृतिक महत्वलाई श्रव्य–दृश्य मार्फत विश्वसामु पु¥याउने उद्देस्यले भर्खरै ‘‘हाम्रो चुमभ्याली’’ चिनारी नामक म्युजिक भिडियो निर्माण भएको छ । स्थानीयबासी समेत रहनु भएका छाङ दोर्जे लामाको शब्द संगीतमा रहेको ‘‘हाम्रो चुमभ्याली’’ मा चुम उपत्यकालाई श्रृव्य र दृष्यमा समेटिएको छ ।
चुमनुब्री गाउँपालिका, नेपाल पर्यटन बोर्ड, स्थानीय युवाहरु समेत साँझेदारी र आर्थिक सहयोगमा निर्माण गरिएको म्युजिक भिडियोमा चुम क्षेत्रको हिमाली सुन्दरता, साँस्कृतिक विविधता एवं विविध पक्षहरु गीत तथा म्युजिक भिडियो मार्फत उजागर गरिएको गीतका सर्जक छाङ दोर्जे लामाले बताउनुभयो ।
‘‘चुम उपत्यकामा रहेका विभिन्न हिम चुचुराहरु, प्राकृतिक सम्पदा, यहाँका परम्परागत मौलिक भेषभुषा, पहिरन,स्थानीय जिवजनावरहरु जैविक विविधतालाई यो गीत र म्युजिक भिडियो मार्फत उजागर गरिएको छ, उहाँले भन्नुभयो, ‘‘यसैको माध्यमबाट चुम उपत्यकाको प्रचार–प्रसार गरी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।’’
पहिलो पटक नेपाली भाषामा निर्माण गरिएको चुमभ्यालीको ठाउँ विशेष चिनारी स्वरुपको गीत र म्युजिक भिडियोले समग्र चुमभ्याली क्षेत्रको कला, संस्कृतिको संरक्षण सम्र्बद्धनमा समेत भूमिका खेलेको लामाको भनाई छ । उहाँले ‘‘हाम्रो चुमभ्याली’’ को म्युजिक भिडियो हेरेर चुम उपत्यकाको सौन्र्दयतामा पर्यटकलाई लोभ्याउन सकिने बताउनुभयो ।
‘‘सृजनात्मक ढंगले चुम उपत्यका विशेषता र चिनारीलाई प्रचारप्रसार गर्ने सबैभन्दा सरल माध्यम नै श्रब्य–दृश्य माध्यम भएकाले पनि हामीले गीतसंगीतको माध्यमबाट चुम उपत्यकालाई चिनाउने प्रयास गरेका छौ, लामाले भन्नुभयो, ‘‘स्थानीय कलाकारहरुको सहभागीता र भेषभुषाले म्युजिक भिडियो हेर्ने दर्शकका लागि एक पटक आफै चुम भ्याली पुगेको अनुभूति समेत यस भिडियोबाट पाउनेछन् ।’’
गीतको शब्द चयन र ब्याख्याले समग्र चुम उपत्यकको सुन्दरता र प्राकृतिक मनोरमलाई छोएको छ । अहिंसात्मक क्षेत्रको रुपमा रहेको बौद्ध धर्मावलम्बीको बाक्लो बसोबास भएको चुम भ्याली यहाँको अर्को सांस्कृतिक विशेषता पनि हो । चुम उपत्यकामा कुनै पनि जनावर काटमार नगर्ने, सिकार नखेल्ने, मह नकाढ्ने, डढेलो नलगाउन समेत पाइदैन ।
अहिंसात्मक क्षेत्र भएकाले त्यहाँ पुग्ने पर्यटकहरु हिम चितुवाका साथै झारल, घोरल, कस्तुरी मृग, कालिज, डाँफे तथा मुनाल र चौरी गाईसंगको सामिप्यतामा रमाउने अवसर समेत प्राप्त गर्दछन् । त्यसैले चुम उपत्यकालाई खुल्ला चिडियाखानाको रुपमा समेत लिइन्छ । यो दृष्य पनि म्युजिक भिडियोमा देखाइएको छ ।
चुम उपत्यकामा रहेको बौद्ध धर्मसम्बन्धी प्राचीन मानी, कानी, चैत्य, स्मारक र तिब्बती सँस्कृतिको महत्व अलग्गै रहेको छ । चुम उपत्यका मु गुम्बा, राचेन आनी गुम्बा लगायत अन्य गुम्बाहरूका साथै प्राकृतिक सौन्दर्यताले भरिएको गणेश हिमाल, बौद्ध हिमाल र शृङ्गी हिमालको दृष्यावलोकनका लागि समेत उपयुक्त क्षेत्र हो ।