एजेन्सी, ५ माघ । राजा र राजतन्त्रको आलोचना गरेको आरोपमा थाइल्यान्डमा एक नागरिकलाई ५० वर्षको जेल सजाय सुनाइएको छ । सजाय पाउनेमा प्रजातन्त्र अभियन्ता ३० वर्षीय मोङकोल थिराकोट रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
तीन वर्ष अघि सामाजिक सञ्जालमा फेसबुकमा पोस्ट गरेको सामग्रीले राजसंस्थाको अपमान भएको उत्तरी सहर चियाङ रायको पुनरावेदन अदालतको ठहर छ ।
मुलुकको कडा शाही अपमानविरोधी कानुन अन्तर्गत दिइएको यो सबैभन्दा लामो कारागार सजाय हो । थाइल्याण्डमा पछिल्लो समय विद्यार्थीले राजसंस्थामा व्यापक सुधारको माग गर्दै आन्दोलन गर्दै आएका छन् ।
उक्त आन्दोलनलाई हेर्दै यस कानुनको प्रयोग बढाइएको छ । सन् २०२० यता २ सय ५० भन्दा बढी अभियन्तालाई ‘लेज–म्याजेस्टे’ कानुनअन्तर्गत कारबाही गरिएको छ ।