Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

गायक योगेश वैद्यको निधन


1.3K
Shares

गायक योगेश वैद्यको निधन

काठमाडौँ, ५ माघ । वरिष्ठ गायक तथा संगीतकार योगेश वैद्यको बिहीबार निधन भएको छ । उहाँको बिहीबार राति साढे १२ बजे निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।

बिहीबार दिउँसो स्वास्थ्यमा केही समस्या देखिएको राति भ्याली अस्पताल लैजाने क्रममा वैद्यको निधन भएको हो । ७७ बर्षका वैद्य नेपाली र नेपाल भाषाका प्रतिष्ठित गायक र संगीतकार हुन् ।

‘सपना भुलाई सारा आँसु लिएर जाऊ’, ‘मेरो आँसुमा नहाँसे’ र ‘नेपाल मेरो उपहार भो’ लगायतका उहाँका थुप्रै गीत लोकप्रिय छन् । वरिष्ठ गायक वैद्यले नेपाल भाषामा ‘जय नमो सिरि बुद्ध भगवान’ र ‘जिमि यःम्ह थौ जिथाय् वइ’ जस्ता लोकप्रिय गीत गाएका छन् । उहाँले हालै गंकी वसुन्धरा प्रतिष्ठानबाट प्रतिष्ठित ‘धुंस्वां साय्मि सिरपाः’ प्राप्त गरेका थिए ।

१२ वर्ष ९ महिनामै एसएलसी गरी त्रिचन्द्र कलेजबाट बीएस्सी डिग्री पाएका उहाँ रेडियो नेपाल पुग्नुभएको थियो । करिब ३३ वर्ष सरकारी जागिर खाएका वैद्यले ०६१ मा सहसचिव पदबाट अवकाश लिएका लिनुभएको थियो । उहाँको शुक्रबार पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने परिवारले जनाएको छ । उहाँका एक छोरा र दुई छोरी छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology