Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

गोरखाको गण्डकी गाउँपालिकामा गर्भवती तथा सुत्केरी महिलाहरुलाई निशुल्क एम्बुलेन्स सेवा शुरु


1.6K
Shares

गोरखाको गण्डकी गाउँपालिकामा गर्भवती तथा सुत्केरी महिलाहरुलाई निशुल्क एम्बुलेन्स सेवा शुरु

गोरखा ५ माघ । गोरखाको गण्डकी गाउँपालिकाले पालिका भित्रका गर्भवती तथा सुत्केरी महिलाहरुका लागि अस्पतालसम्म जानआउन निशुल्क एम्बुलेन्स सेवा शुरु गरेको छ ।

पालिका भित्रका गर्भवती महिलाहरुलाई सुत्केरी गराउन पालिका भित्रका बर्थिङ सेन्टर वा अन्यत्र अस्पतालहरुमा लैजान र ल्याउनका लागि पालिकाले निशुल्क रुपमा एम्बुलेन्स सेवा उपलब्ध गराउन शुरु गरेको गाउँपालिकाका अध्यक्ष दीपक तिमेल्सिना (साकार) ले जानकारी दिनुभयो ।

‘‘पालिका भित्र सुत्केरी गराउन नसकी पालिका बाहिरका जुनसुकै अस्पतालमा पनि सुत्केरी गराउन लैजानु पर्ने अवस्था आउनसक्छ, उहाँले भन्नुभयो, ‘‘त्यस्तो अवस्थामा अस्पतालसम्म पु¥याउन र सुत्केरी गराएर घरसम्म फर्काएर ल्याउनका लागि गाउँपालिकाले नै निशुल्क एम्बुलेन्स उपलब्ध गराउन सुरु गरेको हो ।’’

आर्थिक अभावका कारण गर्भवती महिलाहरु घरमै सुत्केरी गराउन नपरोस भन्ने उद्देस्यले गाउँपालिकाले निशुल्क एम्बुलेन्स सेवाको थालनी गरेको गाउँपालिका अध्यक्ष तिमेल्सिनाको भनाई छ । ‘‘घरमै सुत्केरी गराउदा आमा र बच्चा दुवैमा जोखिम बढी हुन्छ, उहाँले भन्नुभयो, ‘‘निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएपछि गाउँपालिका भित्र घरमै सुत्केरी गराउने क्रम पूर्ण रुपमा अन्य हुन्छ भन्ने विश्वास छ ।’’

गाउँपालिकाले पालिका भित्रका सवै वडाका नागरिकहरुमा सहज पहुँच पुग्ने गरी बुधबारदेखि बृहत एम्बुलेन्स सेवा समेतको थालनी गरेको उहाँले बताउनुभयो । ‘‘भूम्लिचोक स्थित भूम्लिचोक स्वास्थ्य केन्द्र, वडा नम्बर १ स्थित मकैसिंङ प्राथामिक स्वास्थ्य केन्द्र र दर्बुङ स्वास्थ्य चौकी उपलब्ध गराइएका तीनवटा एम्बुलेन्सलाई परिचालन गर्ने गरी बृहत एम्बुलेन्स सेवा सुरु भएको हो, उहाँले भन्नुभयो, ‘‘बृहत एम्बुलेन्स सेवाबाट आवश्यकता पर्दा सवै वडामा सेवा दिनसक्ने गरी व्यवस्थापन भएको छ ।’’ बृहत एम्बुलेन्स सेवाबाट न्युन खर्चमा उपचारका लागि अस्पतालसम्म पुग्न गण्डकी गाउँपालिकाका नागरिकहरुलाई सहज हुने उहाँले बताउनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology