Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

नगर प्रमुखलाई धम्की दिने व्यक्ति पक्राउ


1.9K
Shares

नगर प्रमुखलाई धम्की दिने व्यक्ति पक्राउ

बारा, ४ माघ । नगर प्रमुख विनोद साहलाई धम्की दिएको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्साको सखुवा प्रसौनी गाउँपालिका–५ बस्ने ३६ वर्षीय भोला गिरी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेका अनुसार अज्ञात व्यक्तिले फोन गरी धम्की दिएको भन्दै प्रमुख साहले प्रहरीमा जानकारी दिएका थिए । त्यसपछि प्रहरीले विभिन्न माध्यमबाट धम्की दिने व्यक्तिको पहिचान गर्न सफल भएको थियो ।

गिरीलाई कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले पक्राउ गरेको बुधबार पक्राउ गरेको न्यौपानेको भनाई छ । उनीमाथि थप अनुसन्धान भइरहेको पनि उनले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology