Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

बारपाक सुलिकोटमा बालबालिकाहरुमा रक्तअल्पताको समस्या


1.4K
Shares

बारपाक सुलिकोटमा बालबालिकाहरुमा रक्तअल्पताको समस्या

गोरखा, ४ माघ । गोरखाको बारपाक सुलिकोट गाउँपालिका भित्रका बालबालिकाहरुमा रक्तअल्पताको समस्या देखिएको छ । गाउँपालिकाले सञ्चालन गरेको विद्यालय स्वास्थ्य शिक्षा कार्यक्रम अन्र्तगत पालिका भित्र अध्ययनरत १० बर्ष भन्दामाथि १२ कक्षासम्मका बालबालिकाहरुमा हेमोग्लोबिनको जाँच गर्दा धेरै बालबालिकाहरुमा रक्तअल्पताको समस्या देखिएको गाउँपालिकाका स्वास्थ शाखाका अधिकृत कृष्ण भट्टले जानकारी दिनुभयो ।

रक्त अल्पता देखिएहरुमध्ये पनि केही बालबालिकाहरुमा कडाखालको रक्तअल्पता देखिएको उहाँले बताउनुभयो । ‘‘रगत जाँचका गरिएका मध्ये करिब २८.४८ प्रतिसतभन्दा बढी बालबालिकामा रक्तअल्पता देखिएको छ, उहाँले भन्नुभयो, ‘‘जसमा १४ जना बालिका र २ जना बालक गरी १८ जनामा कडा खालको रक्तअल्पता नै देखिएको छ ।’’ शरीरमा आवश्यक पर्ने प्रोटिन, भिटामिन र खनिजको मात्रा कम हुँदा रगतमा हेमोग्लोबिनको मात्रा पनि कम हुँदै जान्छ ।

उहाँका अनुसार जाँच गरिएका मध्ये ५ सय २५ जना बालबालिकाहरुमा हेमोग्लोबिनको मात्रा १० देखि १२ जी÷डीएल रहेको छ पाइएको छ भने १८ जनामा हेमोग्लोबिनको मात्रा ९ जी÷डीएल भन्दापनि कम रहेको पाइएको छ । हेमोग्लोबिनको मात्रा पुरुषमा १३.५ जी÷डीएल र महिलाहरूमा १२ जी÷डीएल भन्दाकम भएमा त्यसलाई रक्तअल्पता भएको मानिन्छ ।

त्यस्तै हेमोग्लोबिनको मात्रा ९ जी÷डीएल भन्दाकम भएमा कडा खालको रक्तअल्पता भएको मानिन्छ । ‘‘हेमोग्लोबिन कमीले शरीरमा रगतको मात्रा घट्ने र दैनिक कामकाज गर्नका लागि बाधा पुग्नसक्छ, स्वास्थ्य शाखा अधिकृत भट्टले भन्नुभयो, ‘‘हमोग्लाबिनको मात्रा कम हुँदा शरीरका बिभिन्न भागमा अक्सिजनयुक्त रगत पु¥याउने क्षमतामा ह्रास आउने र शरीरलाई आवश्यक पर्ने अक्सिजनको कमी हुन गई श्वासप्रश्वासमा समेत समस्या देखिनसक्छ ।’’

गाउँपालिका स्वास्थ्य शाखाले स्थानीय स्तरमा रहेका ल्याबहरुसंग समन्वय गरी गएको मंसिर २८ गतेबाट पुसको ४ गतेसम्म पालिका भित्रका सवै विद्यालयका बालबालिकाहरुको हेमोग्लोबिन र रक्त सञ्चारग्रुपको परीक्षण गरेको थियो । पोषणयुक्त खानेकुरा भन्दा बाहिरबाट आयात गरिएका जङकफुडको प्रयोगका कारण धेरैजसो बालबालिकाहरुमा हेमोग्लोबिनको मात्रामा कमी देखिएको हुनसक्ने स्वास्थ्य शाखा अधिकृत भट्टको भनाई छ ।

‘‘गाउँपालिका भित्र पोषण सुधार कार्यक्रम सञ्चालन भए, तर पोषण सुधारका लागि उत्पादन गरिएका खाद्यबस्तु बेचेर चाउचाउ खाने बानीको विकासभयो, कोदोलाई तिस्कार गर्ने, चामलको भात धेरै खाने संस्कार बसेको छ, उहाँले भन्नुभयो, ‘‘स्थानीय उत्पादनको प्रयोगभन्दा बाहिरबाट ल्याइएको जङक फुडको प्रयोगले समस्या निम्त्याउदै गएको छ ।’’ कार्यक्रमबाट प्राप्त रिर्पोटका आधारमा आगामी दिनमा कार्यक्रम बनाउन सकियो भने पालिकाभित्रको स्वास्थ्य क्षेत्रमा सकारात्मक प्रभाव पर्ने उहाँको भनाई छ ।

‘‘यो कार्यक्रम गाउँपालिकाको एउटा सर्भे पनि हो, उहाँले भन्नुभयो, ‘‘सर्भे गर्दा धेरै बालबालिकामा रक्तअल्पता देखिनु भनेको बालबालिकामा पोषणको अवस्था कमजोर भन्नेपनि पत्ता लगाउनु पनि हो, अहिले प्राप्त भएको तथ्याङ्कले आगामी दिनमा योजना बनाएर समस्या समाधान गर्नका लागि सजिलो हुन्छ ।’’ भट्टले हेमोग्लोविनको मात्रा सुधारका लागि मुख्य रुपमा मानिस व्यक्तिगत खानपानमा सुधार गर्नुपर्ने बताउनुभयो ।

कोहीकसैमा परजीवि जुकाका कारणले पनि रक्तअल्पता हुनसक्ने उहाँको भनाई छ । गाउँपालिकाले हरेक बर्षको मंसिर र जेठमा ६÷६ महिनाको फरकमा बालबालिकाहरुलाई नियमित रुपमा जुकाको औषधी पनि खुवाउने गरेको छ । ‘‘विकासका कुरा जतिगरेपनि हाम्रा बालबालिका स्वस्थ्य भएनन् भने हामी सफल हुनसक्दैनौ, उहाँले भन्नुभयो, ‘‘बालबालिका भनेका भोलीका कर्णधार हुन हामीले बालबालिकाहरुको बृतिविकासमा ध्यान दिनैपर्छ ।’’

पालिका भित्रका बालबालिकाहरुमा रक्तअल्पताको समस्या धेरै देखिएपछि स्वास्थ्य शाखाले अवदेखि किशोरीहरुका लागि सञ्चालन गर्दै आएको आइरन फोलिक एसिड चक्की खुवाउने कार्यक्रममा स्वास्थ्यकर्मी नै परिचालन गर्ने योजना बनाएको उहाँको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology