गोरखा, ४ माघ । गोरखामा हराएको मोवाईल खोजी गरी मोवाइल धनीलाई बुझाएको छ । शहिदलखन गाउँपालिका वडा नम्बर – ७ मास्किछाप बस्ने विनिता थापाको हराएको ‘आइफोन १२ प्रो म्याक्स’ मोवाइल प्रहरीले फेला पारेर मोवाईल धनी लाई बुझाएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘‘गत पुसको २९ गते मोवाइल हराएको भन्दै थापाले प्रहरीमा निवेदन दिनुभएको थियो ।’’ सम्बन्धित निवेदनको आधारमा खोजतलास गर्दा भीमसेन थापा गाउँपालिका वडा नम्बर – ३ तान्द्राङमा उक्त मोवाइल फेला परेको सूचना अधिकारी श्रेष्ठले बताउनुभयो ।
मोवाइल धनीको सहमति अनुसार आज नै थापाकी बहिनी गोरखा नगरपालिका–९ लक्ष्मीबजारकी कञ्चन थापा मगरलाई भेटिएको मोवाइल जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।