Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

गोरखामा एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि


1.8K
Shares

गोरखामा एक जना पुरुषमा कोरोना संक्रमण  पुष्टि

गोरखा,२ माघ । लामो समयपछी गोरखामा कोरोना स्रक्रमणका १ जना बिरामी फेला परेको छ । संङ्क्रमित ब्यक्ति शहिद लखन गाउँपालिका–७ बुंकोटको भएको गोरखा अस्पतालका सूचना अधिकारी लिपासा श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार ४० बर्षिय ति पुरुषमा जरो र रुघाखोकी देखिए पनि सामान्य अवस्थामा रहेको र अहिले होम आइसोलेसनमा बसेका छन् । विश्वभर नयाँ भेरिएन्टको जेएन वान संक्रमणको बिरामी देखिएको बेला गोरखामा पनि संक्रमणको पहिलो बिरामी फेला परेको हो । उनी भरतपुरबाट गोरखा आएका कारण उतैबाट रोग सारेर आएको हुन सक्ने सूचना अधिकारी श्रेष्ठले बताउनुभयो ।

ति पुरुषले सोमबार जिल्ला अस्पतालमा जाँच गराउदा स्रक्रमण पुष्टी भएको थियो । उनको आरडिटी परिक्षण गरिएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।

संङ्क्रमित ब्यक्तिका बारेमा स्वास्थ्य कार्यालय र सम्वन्धीत पालिकाको स्वास्थ्य शाखालाई जानकारी गराईएको पनि सूचना अधिकारी श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology