एजेन्सी, २ माघ । गाजा पट्टीमा जारी इजरायली आक्रमणबाट प्यालेस्टाइनीको मृत्यु हुने सङ्ख्या २४ हजार नाघेको गाजास्थित स्वास्थ्य मन्त्रालयले सोमवार जनाएको छ ।
मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्दै इजरायली सेनाले विगत २४ घण्टामा स्ट्रिपमा १ सय ३२ प्यालेस्टाइनीको हत्या गरेको र २ सय ५२ जना घाइते भएको जनाएको छ ।
योसँगै अक्टोबर ७ मा इजरायल–हमास द्वन्द्व सुरु भएदेखि मृत्यु हुनेको कुल सङ्ख्या २४ हजार १ सय र घाइतेहरूको सङ्ख्या ६० हजार ८ सय ३८ पुगेको छ ।