गोरखा, २ माघ । गोरखा जिल्लाकै सर्वाधिक पुरस्कार राशीको आठौं गोर्खाली रनिङ कप आउँदो फागुन ६ गतेबाट हुने भएको छ । हरमटारी क्लबको आयोजनामा ‘गोर्खालीको सान समग्र गोरखा चिनाउने हाम्रो अभियान’ भन्ने मुल नाराका साथ ६ देखि १२ गतेसम्म रनिङ कप गर्न लागिएको क्लबका उपाध्यक्ष अनिल श्रेष्ठले जानकारी दिनुभयो ।
रनिङ कप प्रतियोगीताको बिजेताले ३ लाख ३३ हजार ३३३ रुपौयाँसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने उपाध्यक्ष श्रेष्ठले बताउनुभयो । त्यस्तै उपबिजेताले भने १ लाख ६६ हजार ६६६ रुपौयाँसहित मेडल र प्रमाणपत्र प्रदान गरीने आयोजकले जनाएको छ ।
१६ वटा टिमको सहभागिता रहने कपमा उत्कृष्ट डिफेन्स, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट मिड फिल्डर र उच्च गोलकतालाई १०र१० हजार पुरस्कारको ब्यबस्था रहेको छ । टिम दर्ताको अन्तिम मिति माघ ३० गते सम्म रहेको छ । टिम दर्ता शुल्क १५ हजार तोकिएको छ । रनिङ कप सदरमुकामको हरमटारी खेलमैदानमा हुने आयोजकले जनाएको छ ।
रनिङ कप सदरमुकामको हरमटारी खेलमैदानमा हुने आयोजकले जनाएको छ । खेलकुदको माध्यमबाट गोर्खाली खेलाडी उत्पादन गर्न र जिल्लाको प्रचार प्रसारका लागि गोर्खाली रनिङ कप आयोजना गरिएको हरमटारी क्लबले जनाएको छ ।