Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

त्रिशूली नदीमा फेला पर्‍यो भारतीय नम्बर प्लेटको गाडी


2.3K
Shares

त्रिशूली नदीमा फेला पर्‍यो भारतीय नम्बर प्लेटको गाडी

काठमाडौं, २ माघ । त्रिशूलीमा गाडी खसेको आशंकामा खोजी गरेको चितवन प्रहरीले नदीभित्र भारतीय नम्बर प्लेटको बोलेरो जिप फेला पारेको छ ।

बिहान ४ः५० बजे नदीभित्र बत्ती बलेको जस्तो देखिएपछि सशस्त्र प्रहरीको गोताखोरको टोलीसहित मिलेर खोजी गर्दा भारतीय नम्बर प्लेटको बोलेरो जिप फेला परेको चितवन प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीले बताउनुभयो ।

भण्डारीका अनुसार जिपभित्र मानिस फेला नपरेकाले दुर्घटनाका बखत गाडीमा मानिस थिए या थिएनन् यकिन भएको छैन । अझै खोजी कार्य जारी छ ।

‘रोकेको अवस्थामा खसेको हो या मानिससहित दुर्घटना भएको हो भन्ने खोजी हुँदैछ,’ प्रवक्ता भण्डारीले भन्नुभयो । मंगलबार बिहान ४ बजेर ५० मिनेट गएको समयमा इच्छाकामना–५ तीन नम्बर पुलबाट करिब ८५ मिटर तल नदीमा बत्ती बलेको जस्तो देखिएको जानकारी पछि खोजी कार्य थालिएको भण्डारीले बताउनुभयो ।

भण्डारीका अनुसार चितवन प्रहरीको विपद् व्यवस्थापन टोली १० जना र सशस्त्र प्रहरीको गोताखोरको टोलीसहित २५ जना प्रहरी खोजीमा खटिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology