काठमाडौं, १ माघ । नेपाल आयल निगमले माघ २ गते राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले आइतवार राति एक प्रेस विज्ञप्ती जारी गर्दै सोमबार राति १२ बजेपछि मूल्य घटाइएको जनाएको हो ।
निगमले आज १५ जनवरी, २०२४ मा इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोलको मूल्यमा प्रति लिटर १ रुपैयाँ २६ पैसा तथा डिजेलको मूल्यमा प्रति लिटर ८३ पैसाले घटेर आएकाले नेपालमा पनि मूल्य घटाउने निर्णय गरेको हो ।
‘निगम सञ्चालक समितिको निर्णय अनुसार १६ जनवरी २०२४ माघ २ गते बिहान १२ः०१ बजे देखि लागू हुने गरी पेट्रोल तथा डिजेल मट्टिटेलको साविकको खुद्रा विक्री मूल्यमा प्रति लिटर एक रुपैयाँ घटाइएको छ, विज्ञप्तीमा भनिएको छ ।
घटेको मूल्य अनुसार अब पेट्रोल प्रति लिटर १६३ रुपैयाँ ५० पैसा पहिलो वर्ग, १६५ रुपैयाँ ९दोस्रो वर्ग० तथा १६६ रुपैयाँ तेस्रो वर्ग तोकिएको छ । त्यस्तै, डिजेलरमट्टिेतेल प्रति लिटर १५३ रुपैयाँ ५० पैसा पहिलो वर्ग, १५५ रुपैयाँ ९दोस्रो वर्ग० तथा १५६ रुपैयाँ तेस्रो वर्ग निर्धारण गरिएको छ ।