Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

इनारमा खसेकी महिलाको उद्धार, पाटन अस्पताल लगियो


1.1K
Shares

इनारमा खसेकी महिलाको उद्धार, पाटन अस्पताल लगियो

ललितपुर, १ माघ । ललितपुरको इमाडोलमा इनारमा खसेकी महिलाको उद्धार भएको छ । सोमबार बिहान ९स्५० बजे महालक्ष्मी नगरपालिका इमाडोल कृष्णमन्दिर नजिकै एक घरमा खसेकी महिलाको उद्धार भएको प्रहरी वृत्त सातदोबाटोका डिएसपी उमेश जोशीले जानकारी दिनुभयो ।

दोलखा घर भई इमाडोलमा डेरा गरी बस्ने २८ वर्षीया न्यूतन प्रधानलाई उपचारको लागि पाटन अस्पताल लगिएको छ। उनको खुट्टामा चोट लागेको हुनसक्ने प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनी कपडा धोइरहेकी थिइन्। कपडा सुकाउनका लागि इनारको स्ल्याबमाथि चढिन् । त्यही बेला स्ल्याब फुटेर इनारभित्र खसेकी हुन् । प्रधान इनारमा खसेको भन्ने खबर प्रहरीलाई पौने १० बजे भएको थियो । त्यसलगत्तै प्रहरी प्रभाग इमाडोलबाट सई श्यामकृष्ण अधिकारीको टोली घटनास्थलमा पुगेको थियो ।

यस्तै ललितपुर महानगर प्रहरीको टोली घटनास्थलमा दमकल सहित पुगेको थियो। प्रहरी वृत्त सातदोबाटोबाट डिएसपी उमेश जोशी नेतृत्त्वको टोली पनि घटनास्थलमा पुगेका थिए। सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली पनि उद्धारका लागि घटनास्थल पुगेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology