Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

गोरखामा ज्यानमार्ने उद्योग आरोपमा दुई जना पक्राउ


3.1K
Shares

गोरखामा ज्यानमार्ने उद्योग आरोपमा दुई जना पक्राउ

गोरखा,२९ पुस । गोरखा प्रहरीले ज्यानमार्ने उद्योग गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । यहीँ पुस २५ गते राती ७ ः३० बजेको समयमा गोरखा गोरखा नगरपालिका–२ तल्लो काखे बस्ने फिरोज मियालाई हत्या गर्ने नियतले टाउकोमा बन्चरोको बिडले प्रहार गर्ने सुशिल परियार र पूर्णबहादुर परियारलाई पक्राउ गरिएको हो ।

सिरानचोक गाउँपालिका वडा नम्बर ६ महटार बस्ने– २५ बर्षका सुशिल र गोरखा नगरपालिका २ कोखेआहाले बस्ने –२१ बर्षका पुर्णबहादुरले ज्यानै मार्ने नियतले बञ्चरोको बिंडले मियाँको निजको टाउको समेतको भागमा प्रहार गरी गम्भिर घाईते बनाएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

घाईते मियाको अहिले चितवन मेडिकल कलेज भरतपुर चितवनमा उपचार भईरहेको छ । पक्राउ परेका दुवैजना विरुद्ध ज्यान मार्ने उद्योग कसूर शीर्षकमा मुद्दा दर्ता गरी गोरखा जिल्ला अदालतबाट हिरासतमा राखी अनुसन्धान गर्न म्याद थप अनुमती लिएर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology