Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

दोहोरी साँझ गएका पुरूषको कुटपिटबाट मृत्यु भएको घटनामा ६ जना पक्राउ


2.9K
Shares

दोहोरी साँझ गएका पुरूषको कुटपिटबाट मृत्यु भएको घटनामा ६ जना पक्राउ

धनगढी, २९ पुस । दोहरी साँझ गएका युवकको कुटपीटबाट मृत्यु भएको घटनामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । पुस २५ गते कैलालीको अतरिया बजारको एक दोहोरी साँझ गएका कञ्चपुरको कृष्णपुर नगरपालिका(५ गुलरियाका ४२ वर्षीय श्याम देउजा भोलिपल्ट पुस २६ गते घाइते अवस्थामा घर पुगेका थिए ।

परिवारले उपचारका लागि निसर्ग अस्पताल पुर्‍याएकोमा सोही दिन उनको मृत्यु भएको थियो । मृत्युपछि परिवारले ६ जनाविरूद्ध किटानी जाहेरी दिएका थिए ।

सोही जाहेरीको आधारमा ६ जनालाई पक्राउ गरी घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक कुलदिप चन्दले जानकारी दिनुभयो ।

परिवारले दोहरी साँझमा संगै गएकाहरूले उनलाई कुटपिट गरेको आरोप लगाएका छन् । मृतक देउजाको शरिरको विभिन्न भागमा निलडाम र घाउ छन् ।

प्रहरीका अनुसार शवको आइतवार पोष्टमर्टम गर्ने तयारी गरिएको छ । घटनाबारे अनुसन्धान भइरहेको डिएसपी चन्दले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology