Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

प्लास्टिक बोतलको पानी पिउनु विष पिए सरह, एक बोतल पानीमा अढाइ लाख प्लास्टिकका टुक्रा


1.4K
Shares

प्लास्टिक बोतलको पानी पिउनु विष पिए सरह, एक बोतल पानीमा अढाइ लाख प्लास्टिकका टुक्रा

काठमाडौ, २६ पुस । तपाईंले बोलीचालीको भाषामा मिनिरल वाटर भनिने बोतलबन्द पानी कत्तिको पिउने गर्नुहुन्छ ? हालैको एक अध्ययनले बोतलको पानीले खतरनाक हुने र स्वास्थ्यलाई गम्भीर हानि पुर्‍याउने तथ्यको खुलासा गरेको छ ।

उक्त अध्ययन अनुसार एक लिटर बोतलबन्द पानीमा औसतमा २ लाख ४० हजार प्लास्टिकका टुक्रा हुने गरेका छन् । यसअघिको अध्ययनको तुलनामा यो संख्या १० देखि १०० गुणाले धेरै हो ।

अमेरिकाको कोलम्बिया विश्वविद्यालयका शोधकर्ताहरुले अमेरिकामा बिक्री हुने सर्वाधिक लोकप्रिय ब्राण्डका बोतलबन्द पानीहरुको जाँच गर्दा यस्तो तथ्यको खुलासा भएको हो ।

माइक्रोप्लास्टिकको आकार एक माइक्रोमिटर अर्थात् एक मिटरभन्दा १० लाख गुणा सानो आकारसम्मको हुन्छ भने यसको अधिकतम आकार चाहिं ५ मिलिमिटरसम्म रहन्छ ।

माइक्रो प्लास्टिक भन्दा पनि सानो आकारका कणलाई नानो प्लास्टिक भनिन्छ । यो भनेको एक मिटरको १ सय करोडौं अंश हो । प्रोसिडिंग्स अफ द नेशनल एकेडेमी अफ साइन्सेस जर्नलमा छापिएको शोध अनुसार अमेरिकी शोधकर्ताहरुले गरेको अध्ययनका क्रममा हरेक बोलतमा १०० नानोमिटरका प्लास्टिक कणहरु हुन्छन् । उ

नीहरुले बोतलमा भरिएको हरेक लिटर पानीमा १ लाख १० हजार देखि ३ लाख ७० हजार नानोमिटर प्लास्टिक फेला पारे भने बाँकी माइक्रोप्लास्टिक थियो । अर्थात् २।४ लाख माइक्रोप्लास्टिकको ९० प्रतिशत हिस्सा नानोप्लास्टिक रहेको छ ।

कोलम्बिया क्लाइमेट स्कुलस्थित लेमोन्ट डोहर्टी अर्थ अब्जर्भेटरीका वातावरण रसायनवैज्ञानिक तथा शोधकर्ता टोलीका सदस्य बिझान यानका अनुसार बोतलबन्द पानीमा यस्तो चरम मात्राको सूक्ष्म प्लास्टिक पाइने कुरातर्फ यसअघि ध्यान गएको थिएन ।

तर अहिले पानी विषाक्त हुने विषयमा विभिन्न अध्ययन गरिएका छन् र तथ्यहरु पनि उपलब्ध छन् । उहाँका अनुसार यस्ता खालका अध्ययनहरुबाट दुनियाँलाई बिउझाउन सकिन्छ, जहाँ यसअघि कहिल्यै पनि यस्तो भनेर सोँधिएको थिएन ।

यत्रतत्र हुन्छ प्लास्टिक

पछिल्ला केही वर्षहरुमा जुन अध्ययन भैरहेका छन् त्यसले के कुराको खुलासा गरेको छ भने हाम्रो वरिपरि विद्यमान माटो, पिउने पानी, खाना तथा यहाँसम्म कि पृथ्वीको ध्रुवीय क्षेत्रमा रहेको बरफमा पनि माइक्रोप्लास्टिक पाइएको छ ।

यो तब हुन्छ जब प्लास्टिकको कुनै चिज टुक्रिएर साना साना टुक्रामा विभाजित हुन्छ । त्यो पनि टुक्रिंदै टुक्रिंदै फैलिरहन्छ अनि मानिस वा अन्य जीवहरुको शरीरमा जान्छ ।

प्लास्टिक शरीरमा जानाले स्वास्थ्य बिग्रिन्छ भने खुल्ला वातावरणमा रहँदा यसले पर्यावरणमा क्षति पुर्‍याउँछ । पछिल्लो अधययनमा वैज्ञानिकहरुले जुन प्लास्टिकको नमुनाको अध्ययन गरेका छन् त्यसमा सातवटा प्लास्टिकका टुक्राहरु निकै सामान्य खालका प्लास्टिकका रहेका छन् । सबैभन्दा सामान्य प्लास्टिक चाहिं पोलिइथिलिन टेरेफथेलेट रहेको छ । मिनिरल वाटरको बोतल यहीं प्लास्टिकबाट बनेको हुन्छ ।

बोतलबन्द पानीमा सयौं प्रकारका प्लास्टिक

बोलतमा भरिएको पानीमा पोलिएमाइड भनिने खास प्रकारको नाइलन प्लास्टिक पनि भेटिएको छ । पिइटीपछि सबैभन्दा धेरै यहीँ प्लास्टिक पाइएको छ । यो प्लास्टिक फाइबरबाट निस्किन्छ । यसको प्रयोग बोतलबन्द पानी बनाउने कारखानामा पानीलाई सफा गर्नका लागि गरिन्छ । यसका अलावा पोलिस्टिरिन, पोलिभिनाइल क्लोराइड र पोलिमेथाक्रिनेट जस्ता औद्योगिक प्लास्टिक कणहरु पनि बोतलको पानीमा फेला परेका छन् ।

यस अध्ययनमा एक लिटर बोतलबन्द मिनिरल वाटरमा जुन सात प्रकारका आम प्लास्टिकहरु फेला परे ती नानोप्लास्टिकको केवल १० प्रतिशत मात्रै हो । अन्य बाँकी प्लास्टिकहरु कस्तो प्रकारका हुन् र कहाँबाट आएका हुन् रु त्यसबाट मानव स्वास्थ्यलाई कस्तो प्रतिकूल असर परिरहेको छ रु भन्ने बारेमा आँकलन नै गर्न नसकिने अवस्था रहेको शोधकर्ता बताउँछन् ।

वैज्ञानिकहरुले बोतलबन्द पानीमा प्लास्टिकको अध्ययनका लागि नयाँ प्रविधिको विकास गरेका छन् । जसलाई सिमुलेटेड रकम स्क्याटरिंग माइक्रोस्कोपी भनिन्छ । यसमा दुईवटा लेजर बिम एकसाथ छाडिन्छ जसले पानीमुनि रहेका कणहरुलाई कम्पित गराउँछ । त्यसपछि एल्गोरिदम र डेटाबाट त्यसको मापन गरिन्छ । यो शोधकर्ता टोलीले बोतलबन्द पानीको अलावा अन्य स्रोतहरुको पनि अध्ययन गर्दैछ ।

कोलम्बिया विश्वविद्यालयका जैविक भौतिक वैज्ञानिक तथा माइक्रोस्कोपी प्रविधिका अन्वेषक वी मिनका अनुसार एक लिटर बोतलबन्द पानीमा नानोप्लास्टिकको संसार नै हुन्छ । यसको वजन माइक्रोप्लास्टिकको भन्दा कम हुन्छ भने आकार निश्चित हुँदैन । तर सानो आकारका यी विषाक्त पदार्थको ठूलो संख्या स्वास्थ्य तथा पर्यावरणका लागि हानिकारक हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology