Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

गोरखामा सगै बसेर रक्सी र लागूऔषध सेवन, विवाद भएपछि साथीकै हत्या


7.1K
Shares

गोरखामा सगै बसेर रक्सी र लागूऔषध सेवन, विवाद भएपछि साथीकै हत्या

गोरखा, २६ पुस । पुस १६ गते गोरखा नगरपालिका–१४, स्थित अकला मन्दिर नजिकै रहेको हिल कटेज होटेलका सञ्चालक २८ बर्षका शमशेरबाबु पन्त मृतावस्थामा फेला परेको जानकारी जिल्ला प्रहरी कार्यालय गोरखामा आयो । विहान करिव ११ ः १५ बजेको समयमा पालुङटार नगरपालिका वडा नम्बर ८ लामाचौर घर भएका पन्तको शव आफैले सञ्चालन गर्दै आएको होटल भित्र भेटिएको सूचना प्राप्त लगत्तै तत्काल मझुवा प्रहरी चौकीबाट प्रहरीको टोली घटनास्थल पुग्यो ।

शरिरका बिभिन्न भागमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको जस्तो शंकास्पद अवस्थामा होटल सञ्चालक पन्तको शव भेटिएपछि गोरखाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) अनुपम श्रेष्ठको नेतृत्वमा समेत थप टोली प्रहरी घटनास्थलमा पुग्यो । होटल भित्र रहेको मृतक पन्तको टाउको, खुट्टा, हात, निधार लगायतका शरिरका दर्जनौ ठाँउमा धारिलो हतियार प्रहार गरिएको देखिन्थ्यो ।

‘‘घटनाको प्रकृति हेर्दा केही दिन पहिले नै हत्या भएको हुनसक्ने सहजै अनुमान लगाउन सकिने अवस्था रहेपनि तत्काल घटना कहिले भयो भनेर एकिन गर्न सकिने अवस्था थिएन, एसपी श्रेष्ठले भन्नुभयो, ‘तर घटनाको सवै प्रकृति हेर्दा हत्या भएको हुनसक्ने ठानेर प्रहरीले गहिरो अनुसन्धान सुरु ग¥यो ।’’ घटनाको जानकारी पाएदेखि नै तिव्र अनुसन्धान सुरु गरेको प्रहरीले ९ दिनमा ३० जनासंग सोधपुछ ग¥यो तर दोषी पहिचान गर्न भने सकेन । प्रहरीलाई झनै चुनौती थपियो ।

हत्यारा पत्ता लगाउन कठिन भएपछि गोरखा प्रहरीले घटनास्थल र वरपर मृतक पन्तका साथी वा सम्पर्क व्यक्तिहरुसंग बुझ्न प्रहरीले सादा पोशाकमा ठूलो संख्यामा प्रहरी परिचालन ग¥यो । ‘दैनिकजसो आउने सूचनालाई एकिकृत गरी घटनाको अनुसन्धान गर्न सुरु ग¥यौ, एसपी श्रेष्ठले भन्नुभयो, ‘‘मृतकसंगका सरसगंत, साथीभाइको बारेमा प्रहरीले अनुसन्धान थाल्यो सोही क्रममा एक युवक घटना लगत्तै फरार भएको खुल्यो त्यसपछि प्रहरीले तिनै वेपत्ता युवकतर्फ अनुसन्धान तेर्सायो ।’’

घटनापछि फरार भएका युवक अरु नभएर मृतक पन्तका साथी गोरखा नगरपालिका–१४ सलाङगिरीका २३ बर्षिय किसान परियार थिए । ‘‘घटना सार्वजनिक भएदेखि नै परियार फरार भएको पाइएपछि उनिमाथि शंका झनै बढेर गयो, उहाँले भन्नुभयो, ‘‘वुधवार काठमाण्डौको कलंकी स्थित दिदीको घरमा लुकेर बसेको भन्ने सूचनाका आधारमा काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय कार्यालय मिनभवनको सहयोगमा उनलाई पक्राउ गर्न सफल भयो ।’’

पक्राउ गरेर गोरखा ल्याइए लगत्तै परियारमाथि प्रहरीले अनुसन्धान थाल्यो । अनुसन्धानका क्रममा परियारले पन्तको आफुले नै हत्या गरेको प्रहरी समक्ष स्विकार गरे । ‘‘परियारले होटल सञ्चालक पन्तको पुस ९ गते राती करिव ९ बजेको समयमा हत्या गरेको बयान दिएपछि प्रहरीले आवश्यक प्रमाण संकलन गर्न सुरु ग¥यो, एसपी श्रेष्ठले भन्नुभयो, ‘‘आरोपितको बयानका आधारमा होटल नजिकै जंगलमा लुकाएको अवस्थामा हत्यामा प्रयोग गरिएका घरेलु हतियार तथा माटोमा लुकाएको मृतकको मोवाइल समेत प्रहरीले बरामद् गर्न सफल भयो ।’’

प्रारम्भिक अनुसन्धानका क्रममा परियारले व्यक्तिगत रिसईवीका कारण मृतक पन्तको हत्या गरेको हुनसक्ने अनुमान गरिएको उहाँले बताउनुभयो । होटल सञ्चालन गर्दै आएको छोरो एक हप्तासम्म पनि परिवारको सम्र्पकमा नभएपछि पुस १६ गते मृतक पन्तकी आमा सहित परिवारका सदस्य होटलमा गएर हेर्दा बिभत्स अवस्थामा छोरोको शव घटना सार्वजनिक भएको थियो ।

यसरी भएको थियो पन्तको हत्या ः

एसपी श्रेष्ठका अनुसार हिल कटेज होटेलका सञ्चालक २८ बर्षका शमशेरबाबु पन्त र गोरखा नगरपालिका–१४ सलाङगिरीका २३ बर्षिय किसान परियार मिल्ने साथी थिए । ट्याक्टरका सहचालकको रुपमा काम गर्दै आएका परियार आफ्ना साथीहरु लिए सधैजसो साँझ पन्तको होटेलमा पुगेर खाजा, मादक पर्दाथ तथा लागू पर्दाथ सेवन गर्थे ।

दिनभरको काम सकेर साँझ परेपछि सोही होटलमा जम्काभेट भइ मादक पर्दाथसंगै लागू औषध सेवन उनिहरुर्कोे दैनिकी जस्तै बनेको थियो । होटल सञ्चालक पन्त पनि उनिहरुसंगै बसेर मादक पदार्थ र लागू औषध सेवन गर्थे । अन्य साथीहरु भन्दापनि सुनार र पन्त विचको सम्बन्ध अझै घनिष्ट थियो ।

पौष ९ गते साँझ परियार अन्यदिन जस्तै साथीहरुसंगै खाजा खान साँझ पन्तको होटलमा पुगे । चारपाँच जनाको समुह लिएर पन्तको होटलमा पुगेका उनिहरुसंगै बसेर मादक पदार्थ सहित अन्य लागू पर्दाथ सेवन गरे । होटल सञ्चालक पन्तले पनि उनिहरुसंगै वसेर लागू औषध सेवन गरे । रात छिप्पिदै गएपछि परियारसंगै गएका अरु फर्किए पनि उनि भने पन्तसंगै लागू औषध सेवन गरेर बसे ।

सोही क्रममा राती करिब ९ बजेको समयमा पन्त र परियार बिच लागू औषध सेवन गर्ने क्रममा एक्कासी विवाद भयो । व्यक्तिगत रिसवीका कारण भएको विवाद बढदै गएपछि होटल सञ्चालक पन्तलाई होटलमा धारिलो खुर्पा र चक्कु प्रहार गरे । परियारले खुर्पा र चक्कु प्रहारगरी पन्तको शरिरको हात खुट्टा, टाउको, पेट लगायत शरिरका सवै भागमा दर्जनौ पटकको प्रहारबाट हत्या भयो ।

घटना लगत्तै हत्यामा प्रयोग गरेका घरेलु हतियार र पन्तको मोवाइल लिएर परियारले होटल पछाडीको ढोकाबाट निस्किएर भागे । चक्कु र खुर्पा होटल पछाडीको झाँडीमा फालेर भागेका परियार मृतकको मोवाइल लिएर गोरखा नगरपालिका–१२ स्थित दिदीको घरमा गएर बसे । घटनाको प्रहरीले अनुसन्धान सुरु गरेपछि परियार १७ र १८ गते दुई गोरखा बजारमा लुकेर बसेपनि पुस १९ गते काठमाण्डौ स्थित दिदीको घरमा पुगे ।

काठमाण्डौ पुगेका परियारले मृतकको मोवाइल भने दशकिलोमा रहेको भिनाजुको घरमै छोडेर भागेका थिए । काठमाण्डौ पुगेपछि उक्त मोवाईल भिनाजुलाई ललाईफकाई फुटाएर जमिन मूनि गाड्न लगाएको अवस्था भेटिएको एसपी श्रेष्ठको भनाई छ । एसपी श्रेष्ठले भन्नुभयो, ‘‘मृतकको मोबाईल २४ गते दिदी भिनाजुको घरदेखि ५० मिटरपर माटोमा गाडेर राखेको अवस्थामा फेला परेको थियो ।’’

पक्राउ परेका परियार विरुद्ध विहिवार जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाइएको एसपी श्रेष्ठले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology