Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

आगामी शैक्षिक सत्रदेखी अजिरकोट गाउँपालिका भित्रका १४ सामुदायिक विद्यालयमा साक्षरता विस्तार कार्यक्रम लागु हुने


1.9K
Shares

आगामी शैक्षिक सत्रदेखी अजिरकोट गाउँपालिका भित्रका १४ सामुदायिक विद्यालयमा साक्षरता विस्तार कार्यक्रम लागु हुने

गोरखा, २५ पुस । गोरखा जिल्लामा संचालित साक्षरता कार्यक्रमको सहकार्य र विस्तार मोडल अन्र्तगत अजिरकोट गाउँपालिका भित्रका विद्यालयमा कार्यक्रम विस्तार गरिने भएको छ ।

आगामी शैक्षिक सत्र २०८१ देखी गाउँपालिका भित्रका १४ सामुदायिक विद्यालयमा साक्षरता कार्यक्रम विस्तार गर्न लागिएको गाउँपालिका शिक्षा शाखा प्रमुख सिताराम पन्तले जानकारी दिनुभयो ।यो कार्यक्रमले प्रारम्भीक कक्षा (१ देखि ३) सम्मका बालबालिकाको भाषिक सिप विकास र कक्षा १ देखि ५ सम्मका बालबालिकाको पढ्ने वानीको विकासमा सघाउ पु¥याउने उदेश्यले साक्षरता कार्यक्रम गर्ने लागीएको उहाँले बताउनुभयो ।

कार्यक्रमले शिक्षक पेशागत सिप विकास, पुस्तकालय व्यवस्थापन र प्रयोग, सामग्री सहयोग र व्यवस्थापन, कक्षा अवलोकन र सहयोग लगायतका गतिविधि मार्फत सहयोग पु¥याउदै आइरहेको छ । कार्यक्रमको सहकार्य र विस्तार ढाँचा अन्तगर्त छनौट हुने विद्यालयका प्रअ तथा प्रतिनीधिहरुका लागि आज १ दिने अभिमुखिकरण कार्यक्रम संचालन गरेको शिक्षा प्रमुख पन्तले बताउनुभयो ।

संस्थासँग सहकार्य गर्दै शैक्षिक गतिबिधि अगाडी बढाउदै सिक्नका लागि पढ्ने कार्यलाई मूर्त रुप दिइने उदेश्यका साथ गाउँपालिकाले थप ९ सामुदायिक विद्यालयमा फर्निचर व्यवस्थापन समेत गरिसकेको छ । कार्यक्रममा बालबालिकामा पर्ने सिकाइ भारीले बालबालिकामा निम्तीने दिर्घकालिन समस्या, र तिनको सहजीकरणमा शिक्षक तथा घरपरिवारको भूमिका लगायतका विषयमा छलफल गरीएको थियो ।

अभिमुखिकरण कार्यक्रममा छनौटमा रहेका विद्यालयका प्रअ तथा प्रतिनिधि,गाउँपालिका शिक्षा शाखा प्रमुख सिताराम पन्त, संस्थाका सुशिल तिम्सीना, एल बि खड्का, सन्तोष खनाल, दिल धामी, उज्ववल वाग्ले, सृजना अधिकारी लगायतले सहजीकरण र सहयोग गर्नुभएको थियो ।

यो कार्यक्रम रुम टु रिडको प्राबिधिक सहगोग,एकीकरण नेपालका व्यवस्थापन र सम्बन्धीत गाउँ तथा नगरपालिकाको साझेदारीमा २ वर्ष देखी १०० सामुदायिक विद्यालयमा साक्षरता कार्यक्रम संचालित रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology