ईलाम, २४ पुस । आफ्नै छोरा १९ वर्षीय जीवन राईको हत्या गरेको अभियोगमा प्रहरीले माई नगरपालिका–६ बिहिबारे बस्ने ३६ वर्षीय दिलकुमार राईलाई पक्राउ गरेको छ ।
घरायसी विवादको क्रममा दिल कुमारले खुकुरी प्रहार गर्दा गम्भीर घाइते भएका जीवनको बिएण्डसी अस्पताल विर्तामोडमा उपचारको क्रममा ज्यान गएको थियो । घटना लगत्तै प्रहरी चौकी महमाईबाट खटिएको प्रहरीको टोलीले उनलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।