Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

टिप्परको ठक्करबाट गोरखाका २५ बर्षका युवकको मृत्यु


15.8K
Shares

टिप्परको ठक्करबाट गोरखाका २५ बर्षका युवकको मृत्यु

गोरखा, २३ पुस । टिपरको ठक्करबाट गोरखाका एकजनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका-२६, गोंगबु मित्रनगर १ नम्बर गेट नजिकै गएराति बा.प्र.०३-००१ प ०५०० नम्बरको टिपरले बा ५४ प ५२६६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार तार्केश्वर नगरपालिका चिसापानी बस्ने गोरखाका २५ वर्षीय रनबहादुर तामाङको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको त्रि वि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो । टिपरसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology